एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज


नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका पद खारेज गरेको छ।

उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो। बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो । त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् । प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएको छ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईलाई दिइएको छ ।

प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवाली, स्कूल विभाग प्रमुखको जिम्मेवारी भने प्रधानमन्त्री ओली आफैंले राख्नुभएको छ । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्