प्रहरी जवानको लिखित परीक्षाको परीक्षा मिति प्रकाशन भएको छ । नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रहरी जवान (जनपद) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको हो । परीक्षा २०७७ फागुन २२ गते ११ बजे सन्चालन हुने भएको छ ।प्रहरी जवान पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७/६/३० गते विज्ञापन गरेका थिए । प्रहरीले खुला, अमर अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेका छन् ।
परीक्षा तालिका :









