काठमाडौं, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सदस्यमा मनोनित भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दाहाललाई मनोनीत गरेका हुन् । कृषि उद्यम केन्द्रको सभापति डि बि बस्नेत हुन् । महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रलाई सशक्त रुपमा अगाडि बढाउन कृषि क्षेत्रमा लामो अनुभव संगालेका दाहालको योगदान महत्वपूर्ण हुने अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् ।