बनेपा, आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काभ्रेपलाञ्चोकमा एमालेको पक्षमा जनलहर आएको छ । मतदाताहरुले एमालेका उमेदवारलाई भव्य स्वागत गरिरहेका छन ।
एमाले काभ्रे निर्वाचन क्षेत्र नं.२ निर्वाचन परिचालन कमिटीले मण्डनदेउपुर, धुलिखेल, पाँचखाल, बनेपा, पनौती, भुम्लु र बेथानचोकमा र क्षेत्र नं १ ले खानीखोला, महाभारत, रोशी, नमोबुद्ध, पनौती, धुलिखेल, चौरीदेउराली र तेमालमा गरिएका घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनउत्साह र जनसहभागिता देखिएको हो । काभ्रेमा नेकपा (एमाले)का पोलिटव्युरो सदस्य, पूर्व मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार गोकुल बाँस्कोटा, पूर्व राज्य मन्त्री रेशम लामा तथा प्रदेश सभाका सदस्य उम्मेदवार दिलिप लामा, पूर्व मन्त्री चन्द्र लामा, कुमार थापा र कुमार खकुरेललाई स्थानीयवासीले भव्य स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाएका छन् । स्वागत गर्नेमा एमालेका आस्थावान मात्र नभई गठबन्धन दलका सक्रिय कार्यकर्ता समेत रहेका थिए । उनीहरूले काभ्रेको विकास र समृद्धिको लागि एमालेका उम्मेदवारको विकल्प नभएकाले पार्टीभन्दा माथि उठी काभ्रेको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ–ठाउँमा स्वागत गरेको बताएका छन । मतदाताहरुले नेकपा (एमाले)ले सुरु गरेका आयोजनाहरूको पूर्णता तथा स्थिर सरकार र विकासको लागि एमालेले जित्नु पर्ने बताएका छन ।
संगै उमेदवारहले पनि समृद्ध काभ्रे बनाउन विगतमा गरेको पहलकदमीहरूलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकास, जिल्लामा आगामी ५ वर्षभित्र १ हजार किमी सडक कालोपत्रे गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माण चरणमा लैजाने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिकाभित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाव्य करिडोर क्षेत्रमा व्यवस्थित पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्ने, डाँडापारी, कोशीपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरूको सडक र पूर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरूको सर्भे गरी निर्माण गर्न, एक पालिका एक विशिष्टीकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक व्यावसायिक केन्द्र, पनौतीलाई सांस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन, शिक्षा, स्वास्थ्य र सांस्कृतिक केन्द्र, नमोबद्धलाई धार्मिक सांस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डनदेउपुरलाई पर्यटन र कृषि केन्द्र, भुम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई सांस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन सांस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडीबुटी र फलफूल उत्पादन तथा पशुपालन केन्द्र, खानी खोलालाई जडीबुटी, कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक स्रोत अध्ययन तथा पशुपालन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना तर्जुमा लगायतका प्रतिबद्धता व्यक्त गर्दै मत मागेका छन ।








