बनेपा, पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार ५८औं राष्ट्रिय बाल दिवसका अवसरमा काभ्रे बहिरा माध्यमिक विद्यालयका बिद्याथीहरुका लागि स्टेशनरी सामग्री बितरण गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष निरन शाक्य, कोषाध्यक्ष सन्तोष कुमार घिमिरे, सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, मञ्जु कायस्थ, लेखा सुपरिवेक्षण समिति सदस्य ऋषिराम गौतम, महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अप्सरा पुडासैनी, प्रबन्धक नवराज सापकोटा र सालु बादे सहभागी थिए । क्यारिमबोर्ड, चेस खेल, बेलुन फुटाउने, चम्चा दौड र चित्रकला प्रतियोगिता आयोजना भएकोमा उक्त खेलहरुमा क्रमशः प्रथम, द्घितिय र तृतिय भई विजयी हुने विद्यार्थीलाई सो कार्यक्रममा उपस्थित पदाधिकारी तथा कर्मचारीहरुले पुरस्कृत गर्नु भएको थियो ।
संस्थाले अन्य विद्यार्थीलाई चाहिने आवश्यक स्टेशनरी सामग्री समेत बितरण गरिएको थियो । सो कार्यक्रममा विभिन्न प्रकारको नृत्य एवं मनोरञ्जनात्मक गतिविधि समावेस थिए । फरक प्रतिभा, सामान्य व्यक्ति सरह प्रतिष्पर्धि वातावरण आदिका विषयमा संस्थाका अध्यक्ष निरन शाक्य, सञ्चालक सदस्य मञ्जु कायस्थ र लेखा सुपरिवेक्षण समिति सदस्य ऋषिराम गौतमले आफ्ना मन्तव्य राख्नु भएको थियो । –नव क्षितिज साप्ताहिकबाट