लोक दोहोरीको क्षेत्रमा स्थापित लोक दोहोरी गायिका स्मृति गौतमको नयाँ गीति एल्बम अल्लारे माया-२, सांगितिक बजारमा आएको छ ।
केहि दिनअघि वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त गीत विमोचन गरिएको हो । यसअघि गायिका गौतम र गायक प्रताप दासको स्वरमा अल्लारे माया बोलको गीत सार्वजनिक भएको थियो । सो गीतको सफलतापछि दर्शक र श्रोताको मायालाई कदर गर्दै आफूले अल्लारे माया–२, ल्याएको गायिका गौतमले बताइन् । गीतको पुरुष स्वरमा गायक किरण गौतमले साथ दिएका छन् ।

किरण गौतमको शब्द तथा संगीत रहेको गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ । निरेन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा विमल अधिकारी, सञ्जिव ठकुरी, लोमश शर्मा, भुवन चौलागाईं, जोन बम, बद्धिमान लामा, एलिना रायमाझी, आयुष्मा कार्की, सिर्जना किँराती, शशिकला राई, पूजा क्षेत्री, अस्मिता रनपाललाई देख्न सकिन्छ । म्युजिक भिडियोलाई विशाल तामाङले कोरियोग्राफी गरेका हुन् । जसमा मुकेश हुमागाईंले छायांकन र राजकुमार मगरले सम्पादन गरेका छन् । –नव क्षितिज साप्ताहिकबाट