काभ्रेको पनौतीमा विगत लामो समयदेखी सञ्चालनमा रहेको लायन क्लव अफ काठमाडौ इन्द्रेश्वर ३२५ आईको अध्यक्षमा लायन लायन्स डायमण्ड थापा चयन हुनुभएको छ ।
सन २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले एक कार्यक्रमका विचमा सन् २०२२÷२३ को लागि निर्बाचित अध्यक्ष लायन डायमण्ड थापालाई पद हस्तान्तरण गर्नुभएको हो ।
२०१४ देखि निरन्तररुपमा लायन्स मा लागि पनौति भेगमा लायन्स को परिचय गराउन सफल ब्यक्तित्व बरिस्ठ समाजसेवी लायन राम कुमार बस्नेतले सन २०१९÷२० बाट पनौतीमा पुन नया म्लबको स्थापना गरि गर्नु भएको लायन्स अफ काठमाडौ इन्द्रेस्वर ३२५ द्यज्ञको निरन्तर रुपमा सामाजिक हितको खातिर कार्यहरु गर्दै अगाडी बढेको छ । सामाजिक कार्यमा अव्वल ढंगबाट सेवा गर्दै आएको क्लवले सामाजिक हित चाहने व्यक्तित्वको मन जित्न पनौति तथा काभ्रे भेगमा नै सफल भएको छ ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रक को—अडिनेटर पवन कुमार थापाले सामाजिक कार्यको लागि निस्वार्थ ढंगले अगाडी बढ्ने लायन्स क्लब हो, उहाँले भन्नुभयो । “हामी सेवाको भावनाले पे्ररित भएका व्यक्तिहरुको समुहले समाजमा हितको लागि कार्य गर्दै छौं ।”थापाले भन्नुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष लायन रामकुमार बस्नेतले सन् २०२१—२०२२ का अध्यक्ष प्रल्हाद शर्मा हुमागाईले कोभिडको महामारीमा समेत क्लब सामाजिक हितको खातिर कार्य गर्न सकेको वताउनु भयो । राम्रो कार्य गर्दै अगाडी बढ्ने क्रममा अध्यक्ष हुमागाई जोन चेयर पर्सन हुन सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक व्यक्तित्व लायन प्रधुम्न श्रेष्ठले लायन्स क्लब काठमाडौ इन्दे्रस्वरलाई अगाडी वढाउन लामबद्ध हुनुहुने लायन लिडरहरुले राम्रा कार्य गर्दै अगाडि बढ्न सफल भएको बताउनु भयो । कार्यक्रमका सभापति एवं लायन २०२१—२०२२ का अध्यक्ष लायन प्रल्हाद शर्मा हुमागाईले संस्थापक अध्यक्ष लगाएतका पुर्वजहरुको साथ र सहयोगका कारण कोभिडको महामारी हुंदै गर्दापनि सामाजिक कार्यको क्षेत्रमा अगि बढ्न सकेको वताउनु भयो ।
त्यसैगरी नव निर्वाचित अध्यक्ष डाइमण्ड थापाले आफ्नो कार्यकालमा गरिने सामाजिक कार्यको खाका प्रस्तुत गर्दै सामाजिक हितको खातिर निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समय समयमा लायन्स कार्यालयमा जम्मा भएर सामाजिक हितको खातिर कार्य गर्ने बताउनु भयो ।
विपस्ना शाक्यले सञ्चालन गरेको कार्यक्रममा लायन अनजु रन्जित, लायन्स प्रकाश श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्राट मैनालीको अध्यक्षतामा लियो क्लव अफ काठमाडौ इन्द्रेश्वर गठन भएको छ ।








