३ देउपुर र ४ मण्डन मिलेर मण्डनदेउपुर नगरपलिका बन्नु अघि नै कुन्तावेसीमा मण्डन उपत्यका सामाजिक विकास समितिको गठन भएको थियो । पछि मण्डनउपत्यकाको नाममा परिणत हुन पुगेको त्यस संस्था मेलम्चीको पानी काठामाडौं लैजाने सन्दर्भमा स्थानीय जनताहरुको आन्दोलनबाट जन्मिएको हो ।
बिगत लामो समयदेखि सामाजिक उत्थानको काममा बजेट विनियोजित गराउँदै आएको त्यस संस्थाले विशेष गरी महादेवस्थान, गैह्रिविसौनादेउपुर, चण्डेनी मण्डन, जैसिथोक मण्डन र पाँचखाल गाउँ विकास समिति सहितको ५ गाउँ विकास समितिहरुमा सामाजिक उत्थान सहित विकास निर्माणको काम गर्दै आएकोछ । कामको दौरानमा साबिक गाउँ विकास समितिहरुबाट सिफारिस लिंदै काम गर्दै आएको संस्थाले नगरपालिका बनेदेखि सिफारिसमा समस्या झेल्न शुरु गरेको छ ।
विकासमा डुब्लिकेशन नहोस् भनेर सिफारिसको प्रावधान भएकोमा जनताको कमै रोक्ने गरी सिफारिस दिन छेक्नु जनता आक्रान्त छन् । अघिल्लो वर्ष समितिको तर्फबाट लाख बिन्ती गर्दापनि नगर प्रमुख टोकबहादुर वाइबाले सिफासिर नदिएपछि उप–प्रमुख निर्मला शाहीको सिफारिसमा काम भएको थियो ।
जनताले जनप्रतिनिधि छान्ने लोकतान्त्रिक ब्यवस्थामा गठबन्धन गरेर नगर नेतृत्व चयन भएपछि गठबन्धनको तर्फबाट निर्वाचित नगर प्रमुख टोकबहादुर वाइबा र गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसबाट निर्वाचित उप–प्रमुख विष्णुमणी नेपालको आलटाले रबैयाका कारण मण्डनदेउपुरको यस वर्षको २ करोड ५० लाख बजेट लगभग फ्रिजको अवस्थामा पुगेको छ । मेलम्ची खानेपानी विकास समिति मार्फत सामाजिक उत्थान समाजलाई बजेट विनियोजित गर्न रोक्न खोज्नु र ढिलासुस्तिबाट असार ९ गतेमात्र काम गर्नु भन्ने जानकारी प्राप्त हुन आएकोले र १० गते शनिबार परेकोले समितिले ११ गते नै वैठक राखेर मेलम्चीका प्रतिनिधिहरु समितको फिल्ड निरिक्षणमा जाने क्रममा संशोधन गरी छिटो काम सम्पन्न हुन सक्ने योजना मात्र अगाडी वढाउनु भन्ने कुरालाई मध्यनजर गर्दै योजना संशोधन सहित असार १४ गतेबाट लगातार सिफारिश माग गरिएकोमा आज असार १९ गतेसम्म मेयरले उप मेयर र उपमेयरले मेयर देखाउँदै अलमल गर्दा योजनाको रकम नै फ्रिज हुने हो की भन्ने अवस्थामा पुगेको छ ।
मेलम्चीको योजनाको फिल्ड रिपोर्टको आधारमा कतिपय योजनाहरुको काम आधा आधीमा पुगेकोमा नगरपालिकाले सिफारिस नै अड्काउँदा असार ३० गतेभित्र योजना फर्सौट गर्न कठिनाई सृजना हुने हो कि भन्ने अवस्थामा स्थानीय जनता पुगेका छन् ।
मेलम्ची खानेपानी विकास समिति अन्तर्गत सिन्धुपाल्चोकका ईन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका लगायतका पालिकाहरु र मण्डनउपत्यका भित्रकै पाँचखाल गाउँ सामुदायि समितिलाई त्यहाँको स्थानीय सरकारले बिना आलटाल सफिारिस दिंदा मण्डनदेउपुरमा भने बिकासमा बिरोधको हिसाबले कहिं नभएको जात्रा हाँडिगाउँ भएको छ ।
यसै सन्दर्भमा आज पुनः सिफारिस मार्ग गर्न मूल समितिका पदाधिकारी र ५ गाउँ सामुदायिक समितिका पदाधिकारीहरु सहितको टोली नगरपालिका जाँदा मेयर टोकबहादुर वाइलाले बेवास्ता गर्दै कार्यकक्षबाट बहिरिंदा र उप मेयर विष्णुमणी नेपालले बेलुकी बसौंला भन्दै फिसोल्न खोज्दा मण्डदेउपुरका जनतामा चरम आक्रोश देखिन्थे ।










