बनेपा, बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर लगायत अन्य दुईपांग्रे सवारी साधनको करमा लागेको जरिवाना शुल्क पूर्ण रुपमा छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत यस्तो जरिवाना छुट दिने घोषणा गरेको हो ।
२०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७९ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने घोषणा गरेको छ । बजेट वक्तव्यको बुँदा नम्बर २२८ मा सो बारे उल्ले गर्दै प्रदेश सरकारले भनेको छ, ‘विगतमा सवारीधनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवम् अन्य दुई पाङ्ग्रे सवारी साधनको सवारी साधन कर संवत् २०७९ फागुन मसान्तसम्म दाखिला गरेमा जरिवाना छुट दिने व्यवस्था मिलाएको छु ।’
सबैभन्दा बढी सवारीसाधन दर्ता भएको प्रदेश भएको कारणपनि लामो समयदेखि दुई पाँग्रे सवारी कर नतिरी सवारी चलाएको भन्दै धेरै सवारी कारवाहीमा पर्ने गरेका छन ।
त्यसैगरी बजेटले बाहिर दर्ता भई बागमती प्रदेश भित्र सञ्चालित सवारी साधनको अभिलेख र कागजात प्रदेशअन्तर्गत स्थानान्तरण गर्ने प्रक्रियालाई सरलीकृत गर्ने पनि उल्लेख गरेको छ । –नव क्षितिज साप्ताहिकबाट








