बनेपा, नेकपा एमाले काभ्रेले जिल्लाका १३ वटै पालिकाका उम्मेदवारको टुङ्गो लगाएको छ । ६ वटा पालिकाका उम्मेदवार प्रदेश कमिटीले र ७ वटा गाउँपालिकाका उम्मेदवार जिल्ला कमिटीले टुङ्गो लगाएको हो । सबैको आज उम्मेदवारी दर्ता हुने छ ।
एमालेले प्राय नयाँलाई प्राथमिकता दिएको छ । एमालेले धुलिखेल र पनौतीका प्रमुखलाई दोहो¥याएको छ भने पनौती र खानीखोलामा उपप्रमुखलाई दोहो¥याएको छ । अन्यत्र सबै नयाँ रहेका छन ।

एमालेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलमा अशोक व्याञ्जुलाई प्रमुख र लालतारा अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । यस्तै पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवार, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाललाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

यस्तै गाउँपालिकातर्फ भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा शेखर लामा र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एमालेले हिजोसम्ममै सबै पालिकाका वडा अध्यक्ष र सदस्यहरु समेत छनौट गरिसकेको छ ।–नव क्षितिज साप्ताहिकबाट