नेपाली कांग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट बञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् ।

महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । महिलाको हक अधिकार खोस्ने खेल भइरहेको भन्दै गठबन्धनलाई सहयोग गर्न नसक्ने उनीहरुले बताएका छन् । प्रदेश १ सांसद एवं नेपाल महिला संघ मोरङकी सभापति शान्ता पौडेलले गठबन्धन गर्दा महिलाको अधिकार कटौती गर्न खोजिएको बताइन् ।
अब यो क्रम देशभर हुदै छ । गठबन्धनका नाममा ५ दलले महिला अधिकार खोस्दै छ ।