कुन्ताबेशी,  एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज पूर्व मन्त्री गोकुल बाँस्कोटाले एमालेले अग्रजको सल्लाह सुझावलाई मार्गदर्शनको रुपमा लिएर अघि बढ्ने बताउनु भएको छ ।

शुक्रबार नेकपाको ७४औँ स्थापना दिवसको अवसर पारी एमाले मण्डनदेउपुर नगर कमिटीले आयोजना गरेको २०४९, २०५४ र २०७४ का जनप्रतिनिधिहरूलाई सम्मान तथा राष्ट्रिय युवा संघ नेपालको निर्वाचन परिचालनका लागि युथ फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले अवसर नपाएकाले होइन बढि पाएकाले पार्टी छोडको भएपनि पुराना र सच्चा जति एमालेमै रहेकाले परमादेश वालालाई जनादेशले हराउने बताउनु भयो । एमाले जनताको मनमा बसेको पार्टी भएकाले जस्तै गठबन्धनले पनि हल्लाउन सक्दैनन भन्दै बाँस्कोटाले एमालेलाई हराउने कुरा गर्ने गठबन्धन वालाको हरि बिजोज हुने दिन नजिकिएको बताउनु भयो ।

 

कार्यक्रममा एमाले बागमती प्रदेश सदस्यहरु कुमार खकुरेल, नारायण बानिया, केदार नेपाल, जिल्ला उप–सचिव रिता ढकाल, मण्डनदेउपुर ईञ्चार्ज बिदुर सापकोटा, नगर कमिटी अध्यक्ष शेर बहादुर डोटेललगाएतले मण्डनदेउपुरमा एमाले हिजो पनि र आजपनी एकजुट रहेको भन्दै जनमत एमालेको पक्षमा रहेकाले जित निश्चित रहेको बताएका थिए ।

 

सो अवसरमा नगरका २०४९, २०५४ र २०७४ का निर्वाचित २५० जना भन्दाबढी जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्वाचन परिचालनका लागि १८१ सदस्य युथ फोर्स घोषणा गरिएको छ । दिलकुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष : नक्कले तामाङ, उपाध्यक्ष : श्याम बाबु तामाङ, सचिव किरण तामाङ, सह सचिव : केशव गैातम र अंकित चौलागाईं लगाएत रहेका छ्न ।