बनेपा, आसन्न स्थानीय तह निर्वाचनका लागि काभ्रेमा नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहँदा सत्ता गठबन्धनमा भने तनावको स्थिति देखा परेको छ । केहि वडामा कांग्रेसले उम्मेदवार घोषणा गरेपनि गठबन्धनमा रहेका अन्य दल भने अन्योल मै रहेका छन ।
कांग्रेसले केहि वडामा उम्मेदवार घोषणा गरिरहँदा सत्ता गठबन्धनमा रहेका माओबादी केन्द्र र एसको सातो उडेको छ । उनीहरुमा कांग्रेसले गठबन्धन गरेर सघाएन भने पत्तासाफ हुने डरमा छन । यता एमालेमा भने धमाधम सर्वसम्वत उम्मेदवार चयन हुन थालेका छन ।
चौरीदेउराली गाउँपालिकामा एमालेबाट अध्यक्षमा जीतराम लामा र उपाध्यक्षमा बबिता खरेललाई सर्वसम्वत उम्मेदवार चयन भएका छन । यो संगै नेकपा एमालेले अधिकांश पालिकामा सर्वसम्मतको प्रयास गरेको छ । १३५ वडा मध्ये धेरैमा सर्वसम्वत भएको भएपनि पार्टीले आधिकारीक रुपमा भने सार्वजनिक गरेको छैन । –नव क्षितिज साप्ताहिकबाट








