नेपालीलाई गाँजाले धनी बनाउछ ः पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ (भिडियो बार्ता)


            नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले गाँजा खेती नेपाली जनताको समृद्धिको आधार बन्ने कुरा बताएका छन् । आशाका किरणको विषेश सम्वादमा बोल्दै तामाङले सो कुरा बताएका हुन् । विकसित राष्ट्रले गाँजा बेचेर अरबौं डलर कमाएको तर संसारकै नम्बर १ गुणस्तरको नेपाली गाँजा राज्यले राम्रो निति लिन नसक्दा खेर गएको पुर्व कानुन मन्त्री समेत रहेका शेरबहादुर तामाङले बताएका छन् । क्यान्सर जस्ता रोगको उपचारमा नेपाली गाँजा अति उपयोगी हुने र गाँजाको पातबाट राम्रो प्राङगारिक मल बन्ने र राम्रो कपडा उत्पादनमा समेत गाँजा प्रयोग हुने भएकाले अब गाँजालाई कानुनी मान्यता दिन ढिलो गर्न नहुने तर्क तामाङले अघी सारेका छन् ।

छिमेकी राष्ट्र चीनबाट मात्र नेपालमा १२ करोडको गाँजाबाट बनेको अचार आयत हुने गरेको तामाङले बताए । नेपालमा गाँजालाई कानुनी मान्यता दिन सांसदमा प्रस्ताव समेत दर्ता गराएका तामाङले गाँजा खेतीबाट नेपाली किसानले प्रतिवर्ष २५÷३० लाख सहजै आर्जन गर्न सक्ने भएकाले यसले वैदेशिक रोजगारीमा जानेको संख्या समेत घटाउने तामङको तर्क छ । हामीले हाम्रो माटोमा फाल्ने गाँजाको मूल्य चिन्न नसकेको र त्यसले हामीलाई धेरै पछी धकेलेको तामाङले बताए ।

हेर्नुस सुदर्शन बजगाईले नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पुर्व कानुनमन्त्री शेरबहादुर तामाङसंग गरेको भिडियो कुराकानी ः

प्रतिक्रिया दिनुहोस्