धुलिखेल, श्री कृष्ण प्रणामी इकाई सेवा समिति धुलिखेल न.पा.–९, काभ्रेको मन्दिरको सम्पूर्ण निर्माण कार्यलाई पुर्णता र अक्षयकोष निर्माणका लागि आयोजित पुण्य वीतक चर्चा कथा तथा वार्षिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
एक महिना अघिदेखि जारी पुण्य वीतक चर्चा कथाको शनिबार श्रीकृष्ण जन्माष्टमीका दिन समापन गरिएको हो । पं. तुलसी प्रसाद कोइरालाको प्रमुख आतिथ्यता र सेवा समितिका अध्यक्ष नवराज होमागाईको अध्यक्षता र सचिव राजन प्रसाद हुमागाईको सञ्चालनमा भएको कार्यक्रममा धार्मिक एवं सामाजिक व्यक्तित्वहरु रमेश प्रसाद हुमागाई, रविन्द्रनाथ सिग्देल, बिदुर बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।
महिनाभर जारी पुण्य वीतक चर्चा कथामा प्रमुख वाचक पवित्रा ढकालले कथा वाचन गर्नु भएको थियो । कार्यक्रममा मन्दिर निर्माण र अक्षयकोषमा आर्थिक सहयोग गर्ने सहयोगी, सञ्चारकर्मीलगायत लाई सम्मान गरिएको कोषाध्यक्ष नवराज सिग्देलले जानकारी दिनुभयो ।