बनेपा, बनेपा नगरपालिका वडा नं ४ अन्र्तगत महेश्वरी शेरा एकिकृत खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको आईतबार सफा र स्वच्छ समुदाय घोषणा तथा खानेपानी उद्धघाटन र सार्वजनिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वनेपा न.पा. वडा नं. ४ र नेपाल स्वास्थ्यका लागी पानि नेवा(सिन्धुली विच मिति २०८२–१–१२ मा सम्झौता सुरु भई स्थानिय बासिन्दाले घर आगनमै खानेपानिको सुविधा पाएका हुन । उक्त आगनमा जम्मा १२५ घरधुरी र १ वटा विद्यालय गरी १२६ वटा धारा निर्माण गरि ८०० जनसंख्यालाई खानेपानी संगै सफा र स्वच्छ समुदाय घोषना गरिएको हो ।
यस आयोजनामा बनेपा न.पा समपुरक कोष बाट १३७४९२४ नेवाबाट ३२१६२९२ र स्थानिय समुदायको १३९६०८७ बरावरको जनश्रमदान बाटरु ५९८७३०० मा सम्पन्न भएको छ ।
घर आगनमै धारा जडान भएपछि स्थानिय वासिन्दा हर्षित भएका छन् । बनेपा ४ का स्थानिय आसाराम श्रेष्ठ भने घर घरै खानेपानिका धारा निर्माण गरि शुद्ध पानी जिवनको पहिलो आवश्यक्ता हो जुन हामिले पाएका छौ । यसमा हामी धेरै खुसी छौ । उक्त कार्यक्रमको सभापती
प्रेम काजीश्रेष्ठको सभापतित्वमा बनेपा न.पा.का प्रमुख शान्ति रत्न शाक्य, उपप्रमुख विमला सापकोटा र वडा नं. ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठको उपस्थितीमा नेवाको तर्फबाट नवराज सुवेदी र जैन प्रकाश चौधरीको उपस्थिती थियो । कार्यक्रममा वनेपा न.पा. प्रमुख शान्ति रत्न शाक्यले आयोजनाको दिगोपनाका लागी नियमित मर्मत कोषको साथै प्रारम्भिक मर्मत कोषको व्यवस्थाले मात्र आयोजना दिगो हुने जानकारी दिनु भएको थियो । वडा नं ४ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठले व्यक्ति स्वयम् आफैले सरसफाईमा ध्यान दिनु पर्ने बताए ।









