राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले शनिबार त्रिभुवन पार्क थानकोटमा भव्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुका साथै श्रष्टा तथा प्रस्तोताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रमका संयोजक एवं संस्थाका कोषाध्यक्ष नारायण थापाले धन्यवाद व्यक्त गरेको कार्यक्रममा बरिष्ठ पत्रकार एवं गीतकार शान्ति प्रिय, संगीतकार कमल अधिकारी, संस्थाका सल्लाहकारहरु नरहरि प्रेमी, माधबराज खरेल, कलाकार सनम कठायत, पत्रकार नवराज बजगाई, नागरिक समाजका अध्यक्ष यम जिसि, संस्थाको मानार्थ सदस्य राज टाइगर, निर्देशक आदित्य बुढाथोकी, संस्थाका सदस्य गायक भुवन प्यासी, गायक भद्र ओली, गायिका रिता केसी, साउण्ड इन्जिनियर मनोज परियार, गायक सुबास तिम्सिना, गितकार रबिन्द्र लामिछाने, गायक पवन रानाभाट, गायक प्रमोद डिसी, गायिका कोपिला सिवाकोटी, पत्रकार बिक्रम आचार्य, मोडल धर्मराज शाही, मोडल प्रजोल भट्ट, संगीतकार अनुराग कृष्णलगायतका सामाजिक बिशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको उक्त कार्यक्रममा उपस्थित गायक गायिकाहरुले आफ्नो प्रस्तुति लगायत घैटो फोर, म्युजिकल चियर, बेलुन फुटाउने बालबालिका हरुलाई पनि मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराई उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतेक बर्ष गरिदै आएको बनभोज कार्यक्रम यो बर्ष निकै रमाइलो र खुशी आदानप्रदान गरि सम्पन्न भएको संस्थाका अध्यक्ष राजेन्द्र बजगाईले बताए ।









