बनेपा, आगामी चैत्र १४ देखि १८ गतेसम्म धुलिखेलमा हुन लागेको विश्व यूवा सम्मेलनको पुर्व तयारी स्वरुप शनिबार अभिमुखिकरण आयोजना गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा हुने सम्मेलनमा करिव एक सय देशका प्रतिनिधि सहभागि भएर विभिन्न विषयमा छलफल एवं अन्तरक्रिया संगै विविध कार्यक्रमको आयोजना हुने छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री गोकुल बाँस्कोटा, पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य तिर्थ लामा, प्रदेश सांसद रत्न ढकाल लगाएतले विश्व यूवा सम्मेलनले काभ्रेलाइ विश्व सामु चिनाउन थप मद्दत पुराउन सहयोग पुग्ने बताएका थिए । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा कोलाम्बियाकी मिस ग्लोब २०२४ डायना मोरेनोको उपस्थिति रहेको थियो । उनले विश्व यूवा सम्मेलनको प्रचार प्रसार गर्दैआइरहेकी छिन् । कार्यक्रमका बारेमा जानकारी गराउँदै जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले युवा सम्मेलनको उद्घाटन सत्रमा १ लाख भन्दा धेरै युवाहरु सहभागि हुने बताएका थिए ।








