पनौती, मध्यपुर्व एफ.एम.१०४ मेगाहर्ज पनौतीले आफ्नो वाषिर्कोत्सवको अवसरमा शुक्रबार पनौतीमा मध्यपुर्व सम्मान एवं तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
मध्यपूर्व एफ.एम.का संस्थापक स्टेसन म्यानेजर एवं हालका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामकृष्ण बञ्जाराको सञ्चालन, मध्यपूर्व एफ.एम.का उपाध्यक्ष एवं कार्यक्रम संयोजक राधिका कणेलको अध्यक्षता र काभ्रे क्षेत्र नं १ का सांसद एवं पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)को प्रमुखआतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सांसद एवं पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाललगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा विभिन्न विधाका ५ जना व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा पत्रकारिता क्षेत्रबाट ईश्वरी राजकुमार मैनाली, शिक्षासेवीको तफर्बाट राम प्रसाद अधिकारी, महिला स्वयंसेविकाको तफर्बाट मसिना के.सी, साहित्य तफर्बाट हरि मञ्जुश्री, राजनीतिक सेवा तफर्बाट प्रेम बहादुर महाँजु र मानव कल्याण समाज (सेवाघर ) काभ्रे रहेको थियो । हरितालिका तिज पर्वको अवसरमा आयोजना गरेको उक्त कार्यक्रमले नेपाली कला सङ्कृतिको संरक्षणमा टेवा मिलेको थियो । स्थानीय महिलाहरूलाई व्रतको दिनमा मनोरञ्जन प्रदान गर्दै हरितालिका तिजको महत्वको बारेमा थप हौसला प्रदान गर्ने प्रमुख उद्देश्यका साथ विगत बर्षबाट तिजकै अवसरमा गरिदै आएको कार्यलाई निरन्तरता प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरु नमराज ढुंगाना, रामहरि न्यौपाने, राजेस ढकाल, सरु गौतम, मदन बिष्ट, सिम्रन दुलाल, सिर्जना हुमागाईलगायतले मनोरञ्जनात्मक प्रस्तुती राखेका थिए ।