देशभरका स्थानीय सरकारहरुको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजामा जिल्लाको १३ पालिका मध्ये बनेपा नगरपालिका पहिलो नम्बरमा परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नजितामा बनेपा नगरपालिका ८६.५० अंक सहित जिल्ला प्रथम भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गुणस्तर परीक्षणको अन्तिम नतिजामा बनेपाले सबैभन्दा बढी नम्बर सेवा प्रवाहमा १४.२४ पाउँदा सबैभन्दा कम सहकार्य र समन्वयमा ६ नम्बरमा मात्रै पाएको छ । बार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापनमा १०.२५ र भौतिक पूर्वाधारमा १०.५ अंक प्राप्त गरेको छ । दोस्रो नम्बरमा बेथानचोक गाउँपालिका छ । बेथानचोकले ८५.२५ अंक ल्याएको छ । तेस्रो नम्बरमा चौंरीदेउरालीले ८२.७५ अंक ल्याएको छ ।
चौथो धुलिखेलले ८२.२५ अंक र पाचौँ पाँचखालले ८२.०० अंक ल्याएको छ । छैठौं नम्बरमा पनौती नगरपालिका परेको छ । पनौतीले ७९.०० अंक ल्याएको छ । सातौं नम्बरमा खानीखोला गाउँपालिका परेको छ । खानीखोलाले ७७.२५ अंक ल्याएको छ । आठौं नमोबुद्धले ७२.७५ नम्बर । नवौं नम्बरमा भुम्लुले ७१.२५ अंक र दशौं नम्बरमा मण्डनदेउपुर नगरपालिकाले ७०.२५ अंक ल्याएको छ । एघारौं नम्बरमा रोशीले ६६.७५ अंक ल्याएको छ । बाह्रौं नम्बरमा तेमालले ६६.२५ अंक र १३ औं नम्बरमा महाभारतले ५७.५० अंक ल्याएको छ ।








