मानिसको व्यक्तिगत जीवनमा जन्मपछि मृत्यु अवश्य हुने गर्दछ । जन्मपछिको मृत्युसम्म मानिसले गरेको हरेक क्रियाकलाप दुःख सुख र हरेक क्षणको भोगाइहरुलाई मानिसले गीतसंगीतमा परिवर्तन गर्ने प्रयत्न गरिरहेका हुन्छन् । यस्तै भावनामा डबकिएर तथा मानिसको जीवकान्त आधारमा रहेर अभिमान म्युजिक एल्बम बजारमा सार्वजनिक भएको छ ।
उक्त म्युजिक भिडियोको सन्देश मानिसले जन्मिएपछि अनेकौं दुःख कष्ट गर्नुपर्छ र गरिरहेको हुन्छ । तर मरण पछि लान सक्ने भनेको केही पनि छैन । यस्तै यस्तै भावनामा रहेर सरोज ढकाल र हिरा घिमिरेले उत्कृष्ट शब्द सिर्जना गरी सरोज ढकालले संगीत भरेका छन ्। सरोज ढकाल र मनु दाहालको सुमधुर आवाजमा रहेको उक्त गीतले धेरैको मन लोभ्याएको देखिन्छ ।
अभिमान म्युजिकलाई मानिसको जीवनमा आउने सम्पूर्ण पक्षमा रहे कथावस्तुमा परिवर्तन गरी निरन श्रेष्ठले म्युजिक भिडियोको निर्देशन गरेका छन् । चक्रबहादुर बरालको छायाकन तथा विष्णु खड्काको म्युजिक भिडियो सम्पादनमा हरि भण्डारी, सुबिना श्रेष्ठ, गणेश कार्कीको धमकेदार अभिनय देख्न सकिन्छ भने उक्त म्युजिक भिडियोलाई सरोज ढकाल अफिसियल युट्युब च्यानलबाट बजारमा सार्वजनिक गरेको छ । –नव क्षितिज साप्ताहिकबाट
हेर्नुस भिडियो








