कानुनी अनुसन्धान समाज नेपालले काठमाडौं विश्वविद्यालयमा अवस्थित विद्यार्थीहरु द्वारा सञ्चालित कल्ब ‘KU Students’ Community Of Leadership And Professional Development – KU LPD’ संगको सहकार्यमा अन्तरक्रियात्मक समारोह आयोजना गरेर आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको छ। काठमाडौं विश्वविद्यालयको प्रेक्षालयमा आयोजित कार्यक्रममा उपसभामुख माननीय इन्दिरा रानाको प्रमुख आतिथ्यता एवम् काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाको विशिष्ट आतिथ्यता रहेको थियो । ‘मानव अधिकारको प्रवर्द्धनमा गैर सरकारी संस्थाको भूमिका’ विषयक अन्तरक्रियात्मक समारोह सञ्चालन गरिएको थियो। प्यानल डिसकसन (Panel Discussion) को स्वरुपमा सञ्चालित उक्त समारोहमा उपसभामुख माननिय इन्दिरा राना , राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सचिव एवम् काठमाडौं विश्वविद्यालयका शिक्षक बिशाल खनाल , मानव अधिकारकर्मी एवम् काठमाडौं स्कुल  अफ  ल का सहायक प्राध्यापक अच्युत आचार्यले प्यानलिस्टको रुपमा आफ्नो भनाइ राखेका थिए। वक्ताहरुले आजको दिनमा गैरसरकारी संस्थाले समाजमा पुर्याइरहेको सकारात्मक र नकारात्मक दुवै योगदानको गहिरोमा गएर चर्चा गरेका छन् । मानवअधिकारको प्रवर्द्धनका सम्बन्धमा मानवअधिकार आयोग , संघीय संसद लगायत अन्य निकायले खेलेको भूमिकाको सन्दर्भमा समेत विचार विमर्श गरिएको छ। यस्तो कार्यक्रम आयोजना गरेर विचार विमर्शलाई प्रोत्साहन गर्दै बौद्धिक बहस गर्ने थलो निर्माण गर्ने पहललाई सकारात्मक कदमको संघ्या दिदै आगामी दिनमा अझ सामाजिक क्षेत्रमा शसक्त भएर अघि बढ्न र बिकृती बिसंगती बिरुद्ध लडदै समुन्न्त समाज निर्माणमा अघि बढ्नको लागि अतिथि बक्ताहरुले आयोजक संस्थाहरुलाई सुझाव दिएका थिए ।