धुलिखेल, धुलिखेल–४, बखुण्डोलमा स्थापित समुन्नत पाठशालाले शनिबार स्थापनाको छैटौ दिवस तथा चौथो दिक्षान्त समारोह मनाएको छ ।
काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १९ जना बालबालिकाहरु दिक्षित भएका थिए । बालबालिकाहरुलाई दिक्षित गर्दै प्रमुख अतिथि थापाले समुन्नत समाज निर्माणका लागि समुन्नत पाठशालाबाट उत्पादन हुने बालालिकाहरु नैतिक, चरित्रवान, संस्कारयुक्त र ब्यवहारीक हुनु पर्ने बताए । बालबालिकाहरुको सिकाई र ज्ञान सानै देखि बलियो र गुणस्तरीय बनाउन सकियो भने भविश्यमा थप कक्षाहरुमा प्राप्त हुने ज्ञान मजबुत हुने प्रा.डा थापाको भनाई थियो ।

अध्यक्ष देवकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौ विश्वविद्यालयका स्कुल अफ एजुकेशनका सहायक डिन डा.हेमराज काफ्ले, धुलिखेल प्याब्सनका अध्यक्ष मुक्ति रिजाल, अभिभावकद्धय शारदाकुमारी शर्मा र गोकर्ण पौडेललगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रममा पाठशालाकी प्रिन्सिल अनिता आचार्यले पाठशालाले दिएको शिक्षा, बालबालिकाहरुको सिकाई र बालमैत्री वातावरणका लागि अभिभावकहरुले दिएको विश्वास र भरोसालाई अझै बढावा दिने गरी शिक्षा प्रदान गर्ने बताईन् । कार्यक्रममा दिक्षित भएका बालबालिकाहरुलाई प्रमाणपत्र, मायाको चिनो र फोटो फ्रेम प्रदान गरिएको थियो । सोहि कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।