नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले प्रवास संघ गठन अन्तरगत यूएइ मा पनि आफ्नो संगठन विस्तार गरेको छ । आईतबार युएइको बरदुबईमा भएको भेलाले नवतारा खरेलको अध्यक्षातामा ९ सदस्य नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ यूएइ गठन गरिएको छ।
उक्त भेल्ला लाई सम्वोधन गर्न नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा. पूर्णप्रसाद पाण्डे प्रमुख अतिथीको रुपमा बरदुवइ पुग्नुभएको थियो। त्यस्तै विशेष अतिथिमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका उपाध्यक्ष मानदेव हजरा, अतिथीमा युएई दुबईका प्रवास अध्यक्ष टेक बहादुर गुरुङ, केन्द्रिय सदस्य निम पौडेललगायतको आतिथ्यतामा सम्पन्न भएको हो। विश्वका १५२ देशमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ गठन गरिने अध्यक्ष डा. पूर्णप्रसाद पाण्डेले वताए । खेलक्षेत्र र नेपाललाइ विश्वभर चिनाउने उदेश्यले संगठन विस्तार गरिएको अध्यक्ष पाण्डेले वताए।