भक्तपुर जिल्लाको नलिनचोकमा हेलिपोर्ट तयार भएको छ । आर्थिक वर्ष २०७९÷८० मा २५ करोड रूपैयाँ बजेट छुट्याएर यो हेलिपोर्टका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले काम थालेको थियो ।

हेलिपोर्टको अहिले मैदानको काम सम्पन्न भई परीक्षण उडान समेत सम्पन्न गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । हेलिपोर्टको कालोपत्रे मैदान निर्माण सम्पन्न गरी परीक्षण उडान भएको उनले बताए । परीक्षण उडानको प्रतिवेदन आइसकेपछि यहाँ व्यावसायिक उडानको बाटो खुल्ने उनले जानकारी दिए । अब यहाँ टर्मिनल भवन तथा टावरहरुसमेतका संरचना निर्माणाधीन अवस्थामा रहेको छन ।