नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट सुरु भएकोे छ ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बैतडीको झुलाघाटबाट समृद्धिका लागि सङ्कल्प यात्रा अभियानको आरम्भ हुनु लागेको हो । अभियानको सुरुवात बैतडीको झुलाघाटमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर थालनी गर्नु भएको छ । झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका पार्टीका अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुग्नुभएको छ। बैतडीबाट सुरु भएको सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ ।

एमालेले अभियानका क्रममा १४ भन्दा बढी ठाउँमा कोणसभा र दर्जनौँ स्थानमा भेटघाट, अन्तरक्रिया र जनतासँग प्रत्यक्ष संवाद गर्नेछ । त्यस क्रममा एमालेले जनताका गुनासा,अपेक्षा सुन्ने र समाधानको प्रयास गर्ने छ ।

१. बैतडी– गोठालापानी
२. डडेलधुरा –अमरगढी
३. अछाम –मंगलसेन
४. दैलेख– राकम
५. सुर्खेत –सुर्खेत बजार
६. रुकुमकोट –वामी टक्सार
७. पर्वत –कुश्मा
८. गोरखा –सुन्दरबजार
९. नुवाकोट –विदुर
१०. काभ्रेपलाञ्चोक –मण्डन
११. दोलखा –चरिकोट
१२. ओखलढुङ्गा –हर्कपुर
१३. तेह्रथुम –वसन्तपुर
१४. पाँचथर– फिदिम