नाला, चामुण्डादेवी धार्मिक तथा पर्यटन संरक्षण समिति बनेपा–३, नाला टुसालमा पुजा अर्चना तथा चौथो वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ ।
परापुर्ब कालदेखि पुर्खाले मानी आएको र पुजा आराधना गरि आएको बनेपा न.पा.३ टुसाल स्थित ठुलोबनमा रहेको चामुण्डा देविको पुरातात्विक हिसाबले विशेष महत्व रहेको छ । चामुण्डा देवि धार्मिक तथा पर्यटन संरक्षण समितिका अध्यक्ष उदय के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख दिपक कुमार गौतम, विशिष्ट अतिथिहरु बनेपा नगरका प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख बिमला सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल र अतिथीहरुमा जिल्लाका सम्पुर्ण सुरक्षा निकायका प्रमुखहरु, बनेपा नगर ने.क.पा.एमालेका अध्यक्ष रत्नकुश रन्जित, बनेपा न.पा.४ न.वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, नेपाली काङ्ग्रेस बनेपा नगर सचिव योगराज दहाल, बनेपा न.पा.३ नेपाली कांग्रेस इकाई सभापति दिवाकर दाहाल लगायत अन्य विभिन्न संघ सस्थामा आबद्ध थुप्रै अतिथिहरुको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सप्पन्न भएको थियो । –नव क्षितिज साप्ताहिकबाट