सांगितिक क्षेत्रमा चम्कदै गरेको नक्षेत्र काभ्रेको गौरब शरद हुमागाईं मेरो भ्वइस युनिभर्स (Mero voice universe) मा छनौट हुनुभएकोले सो उपाधि जिताउनको लागि नेपाल डेरी एसोसिएसनको टिम हुमगाईंको घर काभ्रेको कुशादेबीमा गई रु ५००००/- ( रु पचास हजार ) सहयोग हस्तान्तरण गरि सहभागी सबैले भोट समेत गरे । सहभागी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल आफू पनि काभ्रेली भएको नाताले शरदको यो महान कार्यमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताए । त्यसै गरि एसोसिएसन बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले शरदको यो सालिन, भद्र अनि आशा लाग्दो प्रतिभा देखेर आफूहरु सकेको सहयोग गर्न यहाँसम्म आएको बताए । त्यसै गरि एसोसिएसनका उपस्थित हुद्दद्राज तिमल्सिना, दिपक सन्जेल, कुमार तिमल्सिना, रबिन्द्र हुमागाई, निरन्जन तिमल्सिना, विश्व हुमागाई लगायत सबैले अग्रिम शुभकामना दिदै आफूहरु अन्तिम क्षणसम्म पनि भोट गर्न लगाउने अभियानमा लाग्ने बताए । अध्यक्ष दाहालले आफूले सकेसम्म सबै एसोसिएसनका सदस्यहरुलाई यो अभियानमा जोड्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । वहाँले आम नेपाली सबैलाई सकेको सहयोग गर्नुको साथै भोट गर्नको लागि आव्हान गर्नु भयो । यो कार्यमा सहयोग गर्नु हुने सबै नेपाल डेरी एसोसिएसनका सदस्यहरू सबैलाई बागमती अध्यक्ष घिमिरेले विषेश धन्यवाद दिदै सबैले यो अभियानमा साथ दिन अनुरोध गरे ।