विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमिति धादिङको तेस्रो साधारण सभा तथा अधिवेशन जिल्ला अध्यक्ष पुरुषोत्तम खतिवडाको सभापतित्वमा, केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उपाध्यक्ष प्रबिण घिमिरे र महासचिव रामचन्द्र तिवारीको विशिष्ट आतिथ्यता, सह–सचीव पदम शाह, निवर्तमान सह–महासचिव उद्धव नेपाल, वागमती प्रदेश सचीव अर्जुनप्रसाद सापकोटा, केद्रीय सदस्यहरु गोविन्द तिमल्सिना, श्यामका घिमिरे, तुलसी राम मरहट्टा, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइ काजी तिवारी, वार्ड न. ६ का वडाध्यक्षः दिपक कार्की, पण्डित विष्णुहरि सुवेदी, अम्लेश्वोर गुरुकुलका अध्यक्षः श्रीफानारायण (इश्वरि) रिमाल लगायत हिन्दु अनुरागी तथा मातृ शक्तिहरुको उपस्तिथिमा भएको कार्यक्रमको संचालन केद्रीय सदस्य पण्डित वासुदेव घिमिरेले गर्नु भएको थियो ।
भेलाले यस प्रकारको धादिङ जिल्ला समिति चयन गरेको छ । अध्यक्ष आनन्द अधिकारी, बरिष्ठ उपाध्यक्ष बिष्णु प्रसाद न्यौपाने, उपाध्यक्ष महिला राधिका पाण्डे, सचिब सुर्य मल्ल ठकुरी, कोषाध्यक्ष राजु वाग्ले, सह–कोषाध्यक्ष राधिका अधिकारी र सदस्यहरुमा गोकर्ण दाहाल, सरु पाठक, अप्सरा अधिकारी, सरिता कामाखेती, प्रकाश अधिकारी लगायत २१ सदस्यीय समिति गठन भएको वागमती प्रदेश सचिव अर्जुन प्रसाद सापकोटाले जानकारी गराउनु भयो । –नव क्षितिज साप्ताहिकबाट