नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अंक डेरी दर्पणको हिजो आयोजित एक कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले विमोचन गर्नुभएको छ ।
नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा एवं मानननीय मन्त्री भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिका रुपमा डा. राजेन्द्र प्रसाद यादव, राष्ट्रिय दुग्ध विकास बोर्ड, कार्यकारी निर्देशक, सम्झना कुमारी काफ्ले, पशु सेवा विभाग महानिर्देशक, हेमराज ढकाल, वस्तुगत संघ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, कृषि उद्यम केन्द्रका सभापति डि.बि बस्नेत, केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, उपाध्यक्ष भगिरथ तिमल्सिना, महासचिव राम आचार्य, केन्द्रिय पशुपंक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, भेटनरी एसोसिएसन अध्यक्ष रामकृष्ण खतिवडा, नेपाल डेरी एसोसिएसन, नि.अध्यक्ष, राधाकृष्ण सापकोटा, नेपाल डेरी एसोसिएसनका पूर्व.अध्यक्ष, सुमित केडिया, नेपाल डेरी एसोसिएसनका संस्थापक सदस्य एवं पूर्व उपाध्यक्ष राजन प्रसाद दाहाल, उप–कार्यकारी निर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्ड, बालक चौधरी, राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रशासन अधिकृत, विदुर राई, राष्ट्रिय दुग्ध विकास बोर्ड, अधिकृत, दिपेन्द्र अधिकारी, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सह कोषाध्यक्ष रामभक्त दाहाल, सदस्यहरुमा नवराज तिमिल्सिना, शिव घिमिरे, रविशरण थापा, रमेश सञ्जेल, दिवाकर क्षेत्री, बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, प्रदेश उपाध्यक्ष गोपाल तिमल्सिना, ध्रुव तिवारी, सचिव श्याम घिमिरे, कोषाध्यक्ष शुदर्सन घिमिरे, सदस्य ज्ञानराज लामा, काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईं, उपाध्यक्ष रविन्द्र हुमागाईं, सदस्य चेतनाथ दाहाल, ललितपुर दुग्ध व्यवसायी उपाध्यक्ष दिपक सञ्जेल, कोषाध्यक्ष हुद्धराज तिमल्सिना, नेपाल डेरी एसोसिएसन मकवानपुर जिल्ला समिति उपाध्यक्ष प्रविन हुमागाईं, सुमन शिवाकोटीका साथै दुग्ध उद्योगी सदस्यहरु करिव २०० जना उपस्थित रहेका थिए ।
कार्यक्रम प्रमूख अतिथिबाट पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरियो । प्रमूख अतिथि माननीय मन्त्रीबाट चौथो अंक “डेरी दर्पण“ बिमोचन सरोकारवालाहरु लगायत दुग्ध उद्योगीहरुको माझ रहेर हर्सोउल्लासका साथ गरियो । यस कार्यक्रमको शुभ अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत संघका निर्वाचित पदाधिकारी एवं कार्यकारीणी सदस्यज्यूहरु लगायत कृषि उद्यम केन्द्रमा मनोनीत सदस्यज्यूहरुलाई सम्मान गरि मायाको चिनोमा दुग्ध पदार्थ वितरण गरियो । कार्यक्रममा सम्मान पाउने व्यक्तित्वहरु निम्न अनुसार रहेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत संघका उपाध्यक्ष एवं कार्यकारीणी सदस्यहरुलाई क्रमशः सम्मान गर्ने क्रममा हेमराज ढकाल उपाध्यक्ष, कार्यकारीणी सदस्यहरुमा अरनिको राजभण्डारी, भक्त हमाल, हरि बहादुर कार्की, कमला श्रेष्ठ, लिलेन्द्र प्रसाद प्रधान, मनोज अधिकारी, नानीराज अधिकारी, नरेश लाल श्रेष्ठ, पशुपति देव पाण्डे, रबिन पुरी, राजकुमार कार्की, शिव प्रसाद घिमिरे, शोभा ज्ञावली, सुबोध कुमार गुप्ता रहेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका मनोनित सदस्यहरुलाई क्रमशः सम्मान गर्ने क्रममा डि.बि बस्नेत सभापति, राजकुमार कार्की उपसभापति, दिनेश पराजुली सदस्य सचिव, बोर्ड सदस्यहरुमा प्रल्हाद दाहाल, मनोज कुमार चापागाईं, खोजराज कटुवाल, सुनिता नुमाफान, रत्न कार्की रहेका थिए ।
कार्यक्रममा मन्तव्य डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, भेटनरी एसोसिएसन अध्यक्ष रामकृष्ण खतिवडा, नेपाल डेरी एसोसिएसनका नि.अध्यक्ष राधाकृष्ण सापकोटा, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडिया, उद्योग वाणिज्य महासंघ वस्तुगतका उपाध्यक्ष हेमराज ढकाल, पशु सेवा विभाग महानिर्देशक सम्झना कुमारी काफ्ले लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सभापति नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले चौथो अंक डेरी दर्पण दुग्ध व्यवसायका लागि एक राम्रो सन्देश जाने पुस्तक रहेको बताउनु भयो । अन्त्यमा कार्यक्रमका प्रमूख अतिथि कृषि तथा पशुपंक्षी मन्त्री माननीय डा. बेदुराम भुसालले नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको चौथो अंक डेरी दर्पण बिमोचनको शुभकामना सहित दुग्ध क्षेत्रको हितका लागि मन्त्रालय सदैव सकारात्मक रहेको र आगामी दिनमा पनि साथ रहने बताउनु भयो भने उपस्थित सबैलाई महि, दुध तथा दुग्ध पदार्थ सहित दहि चिउरा खुवाउने कार्य गरेकोमा एसोसिएसनलाई धन्यवाद दिनुभयो ।








