काठमाडौं, जेष्ठ १७, नेपाल डेरी एसोसिएसनले विश्व दुध दिवस २०८० को उपलक्ष्यमा ललितपुर स्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाज, हात्तिवनमा दुध तथा दुग्ध पदार्थ सेवन गराई सम्पन्न गर्‍यो । अनाथालयमा ४५ जना बालबालिकाहरु रहेका छन् । एसोसिएसनले अनाथालयमा बालबालिकाको शिक्षाका लागि बागमती प्रदेश र काठमाडौं जिल्ला समितिबाट नगद रु। १ लाख हस्तान्तरण समेत गर्‍यो ।

उक्त कार्यक्रम संचालन केन्द्रिय सदस्य रमेश सञ्जेलले गर्नु भएको थियो । कार्यक्रममा प्रमूख अतिथिको रुपमा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवज्यूले गर्नु भएको थियो । अतिथिहरुमा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका बरिस्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सह कोषाध्यक्ष रामभक्त दाहाल, बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्का, केन्द्रिय सदस्य शिव घिमिरे, नवराज तिमिल्सना, रविशरण थापा, रमेश सञ्जेल, ललितपुर दुग्ध व्यवसायी समितिका कोषाध्यक्ष हुद्धराज तिमल्सिना, राष्ट्रिय दुग्ध विकास बोर्डका नारायण देसार, दिपक सन्जेल लगायत डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमलाले एसोसिएसनले आफ्ना हरेक विशेष कार्यक्रमहरु विद्यालय, आश्रम, अस्पताल लगायतका स्थानहरुमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने गरेको कुरा बताउनु भयो भने बागमति प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेले यसरी आश्रममा यति धेरै बालबालिकाहरुलाई हाँसी खुशी रमाईलो बाताबरणमा शिक्षा दिक्षा प्रदान गरि लालनपालन गर्नु भनेको पुण्य कार्य भएको बताउनु भयो । कार्यक्रममा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसनका उपस्थित सबैलाई अन्तर मनले नै धन्यवाद दिएको र यहाँहरुको साथ सहयोगले नै एसोसिएसनले यस्ता गतिविधि गर्न सकेको कुरा बताउनु भयो । साथै बागमति प्रदेश रकाठमाडौं जिल्ला समितिले हस्तन्तरण गर्ने नगद रु। १ लाख नगदले आश्रमसँग आजिवन सम्बन्ध जोडिएको कुराले बागमती प्रदेश र आश्रमलाई विशेष धन्यवाद दिँदै आफूले पनि निरन्तर सहयोग गर्दै जाने अध्यक्ष दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आश्रम संचालकको यो महान कार्यमा एसोसिएसनले थोरै भए पनि हैँसेमा होस्टे गर्न पाउँदा खुशी लागेको कुरा कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्काले बताउनु भयो । यस्तो महान कार्य गर्दा आत्म सन्तुष्टि मिल्नुको साथै बालबालिकाको मनले पनि विशेष धन्यवाद दिने छन् भन्दै उपाध्यक्ष मनोज कुमार घिमिरेले आफ्नो भनाई राखेका थिए । सह(कोषाध्यक्ष रामभक्त दाहालले दुध र एसोसिएसनको बारे बताउँदै आउने दिनहरुमा पनि आश्रममा निरन्तर जोडिने कुरा बताए । प्रथम उपाध्यक्ष दिप प्रसाद धमलाले बागमति प्रदेश र काठमाडौं जिल्ला समितिले हस्तन्तरण गर्ने नगदले आश्रमसँग आजीवन सम्बन्ध जोडिएको कुरा बताउँदै बागमति प्रदेश र आश्रमलाई विशेष धन्यवाद दिँदै आफूले पनि निरन्तर सहयोग गर्दै जाने कुरा बताउनु भयो । आश्रमका संचालक एवं संरक्षक सावित्री पोखरेल, संस्थाका महासचिव पारस पोखरेल र कोषाध्यक्ष अम्बिका सिटौलाले एसोसिएसन परिवारलाई नगद हस्तान्तरण र दुध तथा दुग्ध पदार्थ वितरणको लागि विशेष धन्यवाद दिंदै मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्दै आगामी दिनमा पनि एसोसिएसनको साथ सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र यादबले यस्तो राम्रो कार्यक्रम आयोजना गर्ने एसोसिएसन र यति राम्रो आश्रम संचालन गरि यति धेरै बालबालिकालाई हेरचाह गर्ने संचालकलाई विशेष धन्यवाद दिंदै प्रत्येक वर्ष विश्व दुध दिवसको अवसरमा यस्ता कार्यक्रमहरु देशैभर हुने गरेका छन्। केन्द्रिय दुग्ध उत्पादक सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले यस्तो कार्यक्रम हामी सबै मिलि सबै स्थानमा गर्ने गर्दा दुध तथा दुग्ध पदार्थको महत्वको बारे सबैलाई जानकारी हुने र बालबालिकाले दुधको विषयमा राम्रो जानकारी पाउने छन् भन्ने कुरा बताए ।

नेपाल डेरी एसोसिएसनले भोली जेष्ठ १८ गते देशैभरि विभिन्न कार्यक्रम गरि विश्व दुध दिवस भव्यताका साथ मनाउँदै छ । नेपाल डेरी एसोसिएशन केन्द्रिय कार्यालयले राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा पशुसेवा विभागको थिरबम सिंह सभाहलमा “दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री वेदुराम भुषालज्यूको प्रमूख अतिथ्यतामा र मन्त्रालयका सचिव डा। दिपक कुमार खरालज्यूको विशेष आतिथ्यतामा मनाउने भएको छ ।

थप जानकारीका लागी केन्द्रिय कार्यालय तथा निम्न लिखित नम्वरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
कार्यालय ः ०१–५२६१६०८, ९८४१४२२८४३, ९८५१०९५१२७