शिखर बचत तथा ऋण सहकारी संस्था लिं. रोशि गाउँपालिका वडा नं ३ को १३ ओेै बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्यामसुन्दर कार्कीको सभापति रहेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभामा बोल्दै लामाले सामाज विकासमा शिखर साकोस अब्बल रहेको बताउदै सामाजिक, आर्थिक उन्नतिमा सम्पूर्ण नागरिकको दायित्व रहेको भन्दै सहकारीको निर्माणाधीन भवनको लागि ब्यक्तिगत रुपमा एक लाख रुपैयाँ सहयोग गर्ने बताउनुभयो । साथै हाम्रो बिकास साकोस न्युरोड, काठमाडौंका अध्यक्ष एवं सहकारी अभियान्ता मछिन्द्र कुमार लामाले शिखर साकोसले सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको र संस्थाको गतिविधिको प्रशंसा गर्दै शुभकामना ब्यक्त गर्नुभयो । संस्थाको तेह्रौं बार्षिकोत्सबको अवसरमा नेकपा एमालेका युवा नेता एवं प्रेस व्यवसायी दिपक राउत, प्रदेश युवा परिषद् काभ्रेका अध्यक्ष प्रकाश थापा, नेपाली काँग्रेस युवा नेता पञ्च लामा लगायतले शुभकामना व्यक्त गरेका थिए । २६२ जना शेयर सदस्य रहेको संस्थाको प्रगति प्रतिवेदन सचिव केशव कार्कीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनिता लामाले प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समिति संयोजक सन्तबहादुर लामाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य रेतबहादुर थापाले गरेका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता रोशि–३ का साईलाकाजि लामा र असल ऋणि ठुलिमाया लामालाई सम्मान पत्र प्रदान गरिएको थियो ।








