बनेपा, नेकपा एमालेका पोलिट्व्युरो सदस्य पुर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले प्रचण्ड नेतृत्वको सरकारले झ्यालै पिच्छे मन्त्रालय राख्नेगरी मन्त्री मण्डल बनाएमा आफु त्यसको बिरुद्धमा खरो उत्रिने बताएका छन ।
नेकपा एमाले मण्डनदेउपुर–काठमाडौ नगर सम्पर्क मन्चको आयोजनमा भएको नव निर्वाचित सांसद लाई बधाई÷शुभकामना प्रदान एवंदोश्रो अधिवेशन कार्यक्रममा बोल्दै बाँस्कोटालेयसअघिको गठबन्धनले बागमती प्रदेशमा मन्त्रालय फुटाएर झ्यालै पिच्छे मन्त्रालय राखेको प्रति लक्षित गर्दै हल्ला चले जस्तो बार्दली मन्त्रालय थपेर हिडेमा बिरुद्धमा बोल्छु । कसैलाई पद चाहिदैमा मन्त्रालय फुटाएमा स्विकार्न नसकिने बाँस्सकोटाको भनाई थियो ।
सम्पर्क मन्चका अध्यक्ष प्रभुराम श्रेष्ठको अध्यक्षता र सचिव गणेश भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु कुमार खकुरेल, कुमार थापा, जिल्ला उपसचिव रिता ढकाल, मण्डनदेउपुर नगरकमिटी अध्यक्ष शेरबहादुर डोटेल, बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका उपसचिव बिष्णु खनाल, काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राजकुमार लामालगायतले बोलेका थिए ।
अधिवेशनको बन्दसत्रले सर्बसम्मत नेतृत्व निर्वाचित गरेको छ । जसबाट अध्यक्षमा पुनः प्रभुराम श्रेष्ठ, उपाध्यक्षमा रमेश न्यौपाने, महिला उपाध्यक्षमा सरिता बस्ताकोटी, सचीवमा गणेश भण्डारी, कोषाध्यक्षमा बल बहादुर तामाङ, उप सचीवमा दिपक पराजुली र सदस्यहरुमा बालकृष्ण ढकाल, पुरुषोतम नेपाल, अनिल चौलागाईं, राजेन्द्र ढकाल, युवराज बजगाई, सानुराजा गुरुङ, सुवास सापकोटा, हरिशरण गौतम, श्रीकृष्ण डोटेल, केदार दुलाल, राजेन्द्र न्यौपाने, केदार दुलाल, तिर्थ श्रेष्ठ, उमेश प्रसाद सापकोटा, सजिन नेपाल, रामगोपाल तिमल्सिना, सरोज पराजुली, वसन्त पराजुली र प्रकाश बराइलीलगायत रहेका छन ।
त्यसैगरी टंकप्रसाद दुलाल संयोजक रहेको सल्लाहकार समितिमा विनोद श्रेष्ठ, केशव ढकाल, नवराज ढकाल, कृष्णप्रसाद बजगाई, लक्ष्मण सापकोटा, टंक नेपाल, गुणराज सापकोटा, अच्युत अर्याल, भरत बस्ताकोेटी र अर्जुन बजगाई सदस्य रहेका छन । –नव क्षितिज साप्ताहिकबाट