नेपाल डेरी एसोसिएसनले आज असोज ८ गतेबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । हिजो ७ गते औपचारिक रुपमा एसोसिएसनले देश ब्यापि ५ दिनसम्म दिवस मनाउने भन्दै प्रेस रिलिज गरेको थियो । त्यसै अनुरुप आज ८ गते पहिलो कार्यक्रम अन्तरगत काठमाडौंको शंखमुल स्थित दृश्य सहकारीको सहकार्यमा सहकारीको परिसरमा एक कार्यक्रम गर्दै ५ दिनसम्म मनाउन लागिएको ७ औं स्कुल दुध दिवसको बालबालिकालाई दुध सेवन गराई नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले औपचारिक उद्घाटन गर्नु भयो ।

विश्व स्कुल दुध दिवस सन् २००० मा विश्व खाद्य संगठनले औपचारिक रुपमा सुरु गरेको हो । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार विश्वभर एकै दिन मनाइन्छ । विश्वका ३० वटा देशले एकै दिन कार्यक्रम गरि सुरु भएको यो कार्यक्रम यस वर्ष विश्वमा २२औं र नेपालमा सातौं विश्व दिवसको रुपमा भव्यताका साथ मनाउन लागिएको हो । यो दिन संसारभर कतै पनि बिदा पर्दैन र सबै ठाउँमा स्कुल संचालनमा रहेको हुन्छ । दुधमा शरीरलाई आवश्यक सबै पौष्टिक तत्व पाइने भएकोले बालबालिकालाई अनिवार्य सेवन गराउनु पर्ने र यसको विशेष पहल विद्यालयबाट मात्र हुन सक्ने भएकोले पनि स्कुल दुध दिवस मनाउन थालिएको हो । यसरी विद्यालयमा विद्यार्थीलाई दुध तथा दुग्ध पदार्थको जानकारी गराउँदा पक्कै पनि बालबालिकालाई फाइदा हुने अध्यक्ष दाहालले बताउनु भयो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, मनोज कुमार घिमिरे, सहकोषाध्यक्ष रामभक्त दाहाल, केन्द्रिय सदस्य रमेश सन्जेल, नवराज तिमल्सिना, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, उपाध्यक्ष गोपाल तिमल्सिना, ध्रुव तिवारी, सचीव श्याम घिमिरे, कोषाध्यक्ष सुदर्शन घिमिरे, लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपाने, काठमाडौं अध्यक्ष अजित बजगाई, सचीव शिव प्रसाद तिमल्सिना, सदस्य चेतनाथ दाहाल, काभ्रे अध्यक्ष रबिद्र हुमागाईं, ललितपुर पशु विज्ञ केन्द्रका अधिकृत कृष्ण कार्की, विद्यालयको संगठन एन प्याब्सन उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल, पुर्व वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, ललितपुर महानगरपालिकाकी पुर्व उपमेयर गिता सत्याल, बरिस्ठ सहकारी कर्मि मुकुन्द प्रसाद दाहाल, दृश्य सहकारीका संचालक बद्री प्रसाद ढकाल, लेखा संयोजक राजेश चालिसे, सदस्य हुद्वराज तिमल्सिना, बिन्दा दाहाल, सरस्वती घिमिरे, दिपक सन्जेल लगायतको विशेष उपस्तिथि रहेको थियो ।कार्यक्रममा बोल्दै एसोसिएसनका उपाध्यक्ष मनोज घिमिरेले विभिन्न स्थानमा ५ दिनसम्म भब्य कार्यक्रम मनाउने, असोज ९ गते सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको कमलामाई पार्टि प्यालेसमा दुग्ध किसान, व्यवसायी एवं उद्योगीहरुको करिव १०० जनाको उपस्थिति लगायत विभिन्न विद्यालयका २०० जना विद्यार्थी एवं सरोकारवाला निकायहरुको उपस्थितिमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईने बताउनु भयो ।

बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले असोज १० गते रोटरी क्लब अफ कपनसँग सहकार्य गरि बागमती प्रदेशले सबै दुग्ध व्यवसायी, किसान लगायत सरोकारवाला निकायहरुको उपस्थिति गराई विभिन्न कार्यक्रमहरु गरि दुध तथा दुग्ध पदार्थ सेवनका लागि सबैको चासो हुनु पर्ने र दुध तथा दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदा र विभिन्न किसिमका रोगहरुबाट बच्न सकिने कुराहरुको जानकारी दिई मनाईने कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

उपाध्यक्ष दिप प्रसाद धमलाले असोज ११ गते प्रदेश, जिल्ला र अन्य क्षेत्रहरुमा दुधको महत्व सहित सबै सरोकारवाला निकायहरुको उपस्थितिमा विभिन्न स्कुलहरुसँग सहकार्य गरि विभिन्न कार्यक्रम गर्ने र सबै दुध व्यवसायी, किसान र उद्योगीहरुको पहलमा कार्यक्रम हुने, असोज १२ गते अन्तिम दिन विश्व स्कुल दुध दिवसका दिन सबै सरोकारवाला निकायहरुलाई समावेश गरि नेपाल डेरी एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोग एवं एसोसिएसनको आयोजनामा काठमाडौंको सेन्ट जर्ज इन्टरनेशनल स्कुल धुम्बाराही र त्रिरत्न मा।बि डल्लुमा दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र प्रसाद यादवज्यूको प्रमूख आतिथ्यतामा उद्योगी, किसान एवं स्कुलका विद्याथीहरु बिच ३०० जनालाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रममा एन प्याब्सनका उपाध्यक्ष रिजाल, पुर्व वरिष्ठ उपाध्यक्ष अधिकारी, सहकारी विज्ञ दाहाल, विज्ञ केन्द्र ललितपुरका अधिकृत कार्की लगायतले दुध र बालबालिका बारे चर्चा परिचर्चा गर्नु भएको थियो ।

कार्यक्रमको अन्तिममा सहकारीका सचीव एवं एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले सबैलाई धन्यवाद दिंदै कार्यक्रम बारे थप प्रकाश पार्नु भयो । दुध पूर्ण आहार हो । दुधको महत्व जन्मेदेखि मर्दासम्म बराबर रहेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि दुध अति नै महत्वपूर्ण छ । दुधले बालबालिकाहरुको मष्तिस्क विकास, शारिरिक विकासमा महत्व राख्ने बताउनु भयो ।