धुलिखेल, प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल काभ्रेको दोस्रो जिल्ला अधिवेशनबाट श्रीकृष्ण धितालको अध्यक्षमा नयाँ समिति सर्वसम्वत चयन भएको छ ।
शनिबार धुलिखेलमा सम्पन्न अधिवेशनबाट सचिवमा बिनिता श्रेष्ठ, कोषाध्यक्षमा सुदन चिमोरिया र सदस्यहरुमा युलन गौतम, फिरोज श्रेष्ठ, रुपक बडाल, आदर्श गुरागाईं, सुरेश हुमागाईं र अनिश गौतम चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बाँस्कोटाले मुलुकको समृद्धिको सपना नेकपा एमालेको नेतृत्वमा मात्रै साकार हुने भन्दै त्यसमा आफ्नो क्षेत्रबाट सघाउन र लागिपर्न इन्जिनियरहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक व्याञ्जु, सचिव राजन भुर्तेल, प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका उपाध्यक्ष सञ्जिब रोक्का लगायतले सम्बोधन गरेका थिए ।
सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको कार्यक्रम ईन्जिनियर हरेराम हुमागाइको सञ्चालन र अध्यक्ष उज्ज्वल अर्यालको अध्यक्षतामा भएको थियो । –नव क्षितिज साप्ताहिकबाट