बनेपा, पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय रहेको गाउँले बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–७, ले आयोजना गरेको निःशुल्क स्वास्थ शिविरबाट ५ सय भन्दा बढीले सेवा लिएका छन ।
शनिबार संस्थाको कार्यालय बनेपा चारदोबाटो प्राङ्गणमा भएको शिविरमा कम्युनिटी वेलनेस सेन्टर र सुप्रिम डेन्टलले प्राविधिक सहयोग गरेको संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सञ्विव बिक्रम थापाले जानकारी दिए ।
कार्यक्रममा डा. अनुराग श्रेष्ठ, डा. सञ्जय थापा, डा. प्रकाश सुवाल, फिजियोथेरापिष्ट युवराज शर्मा लगायतका चिकित्सक टोलीद्धारा प्रेसर परिक्षण, सुगर परिक्षण, सामान्य उपचार सेवा, चिकित्सकद्वारा परामर्श, फिजियोथेरापी परामर्श, दन्त परिक्षण र विशेषज्ञ द्वारा परामर्श एवं आबश्यकलाई निःशुल्क औषधी बितरण समेत गरिएको थियो । संस्थाका अध्यक्ष पुजा नकर्मीको अध्यक्षतामा भएको शिविरको धन्यवाद सहित सचिव उज्वल सत्यालले समापन गरेका थिए ।
स्मरण रहोस संस्थाले सहकारी रहेकै भवनको मुल प्रबेशद्वार बनेपाको चारदोबाटमा बटुवाको लागि निशुल्क खानेपानीको सुबिधा प्रदान गर्दै आएको छ । –नव क्षितिज साप्ताहिकबाट