बनेपा, बनेपा–१०, पुलबजार काभ्रेमा मुख्य कार्यालय रहेको यु एम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औँ वर्ष पार गरी १२औं वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार ११ औँ वाषर््िाक साधारण सभा सम्पन्न गरेको हो ।
काभ्रे र सिन्धुपाल्चोकका बिभिन्न पालिकामा गरि ९ वटा सेवा केन्द्रबाट सेवा दिईरहेको संस्थामा ५ करोड माथिको शेयर पुंजी रहेको छ । ८० जना कर्मचारीबाट सेवा दिईरहेको संस्थाले यो वर्ष बचत र निक्षेप गरी ७२ करोड भन्दा माथिको कारोबार गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रुसन श्रेष्ठले जानकारी दिए । बनेपामा आफ्नै भवन रहेको संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कारोबारीलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा रोनिशा श्रेष्ठ उत्कृष्ट बाल बचतकर्ता, बिद्या मानन्धर उत्कृष्ट बचत कर्ता, सिर्जना मलबुल उत्कृष्ट नियमित बचतकर्ता, कान्छी भुजेल जेष्ठ सदस्य, पुर्णराज खिचा जेष्ठ सदस्य र बिरेन्द्र धिनान्जु उत्कृष्ट कारोबारकर्ता रहेका छन् ।
संस्थाका अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेले पछिल्लो समय सहकारीको बारेमा नकारात्मक समाचार आइरहेको भन्दै बचतकर्तालाई विश्वास गर्ने ठाउँ दिएर कारोबार गर्न आग्रह संस्थालाई आग्रह गरेका थिए । मानव संसाधन तथा सदस्य परामर्श बिभाग प्रमुख चण्डिका वाग्लेले सञ्चालन गरेको कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, संस्थाका सल्लाहकार इश्वरी वादे, सदस्य सोम काजी शाक्य, पत्रकार लक्ष्मण तिमल्सिना, काभ्रे महिला उद्यमी मञ्चका अध्यक्ष रामेश्वरी मानन्धर, सहकारी कर्मी बासुदेब खड्कालगाएतले सहकारीका बारेमा बोलेका थिए ।








