नाला, होम डेलिभरीको सुबिधा सहित सबै प्रकारका खाद्यान्न सामग्री एकै ठाउँबाट थोक तथा खुद्रा, सुपथ र सहुलियत मूल्यमा पाउने गरी नालामा खाद्यान्न खरिद बिक्रि केन्द्र खुलेको छ ।
काभ्रे कृषि प्रवद्र्धन केन्द्रले सञ्चालनमा ल्याएको खाद्यान्न खरिद–बिक्री केन्द्रको शुक्रबार बिधिवत शुभारम्भ गरिएको हो । शुभारम्भ समारोह मा उग्रचण्डी सकोसका प्रबन्धक हरी श्रेष्ठ, स्वास्थ्यकर्मी सुनिल के.सी., रोफेका नवजिवन चर्चका पास्टर प्रशान्त प्रधान, प्रभु एडभेण्चर टुर एण्ड ट्राभल्सका डाइरेक्टर रबि मग्राती, सञ्चारकर्मी नवराज बजगाईं, संचालक रमेश जंग मग्रातीलगायतको सहभागिता रहेको थियो ।
करुणामाई मार्ग बनेपा–४, नालामा खुलेको बिक्री केन्द्रमा चामल, दाल, गेडागुडी, तेल, चिनी, नून, मैदा, आंटा, सोयाबिन, भुजिया, मस्यौरा, दालमोठ, बदाम, घ्यू मकै, फुरन दाना, चिया, चिउरा, कोदाको पिठो, मकैको पिठो, फापरको पिठो, जौको पिठो, जौको सातु, मकैको च्यांख्ला, चनाको सातु, ताइचिन चामलको पिठो, मसला, अण्डा, बिस्कुट, चाउचाउ, प्राउन, पापड, मसलाहरु, सरसफाईका सामानलगायत सामग्री सुपथ मुल्यमा पाईने छ ।
त्यसैगरी सरसफाईका लागिः साबुन, सरफ, भाँडा माझ्ने साबुन आदि । गाई, भैंसी, सुङगुर–बङगुर, खसि–बाख्रा तथा पशु पन्छीका लागिः दाना, ढुटो, पिठो, पिना ,कनिका, चोक्कर र सख्खर आदि १०% देखि २०% सम्म बिषेश छुटको व्यवस्था सहित पाईने संचालक रमेश जंग मग्रातीले जानकारी दिए ।