बनेपा, उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपा–, को २२औं बार्षिक साधारण शनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले उद्घाटन गर्नु भएको बाइसौं वार्षिक साधारण सभामा संस्थाका सचिब दियेसरत्न शाक्यले प्रगति प्रतिबेदन पेश गर्दै संस्थामा १७९१ शेयर सदस्यबाट रु शेयर पुंजी ६ करोड ६९ लाख ९२ हजार संकलन भएको, कुल बचत ८४ करोड ९ लाख ३१ हजार र कुल ऋण लगानी रु ६७ करोड ४१ लाख ७३ हजार रहेकोमा मन्दीको कारणले संस्थाको कारोबारमा पनि असर पर्न गएको र कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको बताउनु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले कोषाध्यक्षको र लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तीराज कायष्थले लेखा सुपरीबेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले स्वागत मन्तब्य र धन्यबाद ज्ञापन उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले गर्नु भएको थियो ।








