धुलिखेल, भूमिहिन दलित, भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन तथा अब्यबस्थित बसोबासीहरुलाई ब्यबस्थित गर्न स्थानिय तहहरुको अलमल, राजनितिक दलहरुको अस्पस्टताका कारण समेतले जटिल रहेको रहेको बताईएको छ ।
शुक्रकार भूमि समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले जिल्लाका सञ्चारकर्मीहरुसगं आयोजना गरेको अन्र्तक्रियामा काभ्रेका संयोजक विदुर हुमागाईले सिमित बजेट, जटिल भौगोलिक स्थिति, सत्यापन र प्रमाणिकरण चरणमा धेरै समय लाग्ने, पालिकहरुले जग्गाको वर्गिकरण समयमा गर्न नसकेको, राजनितिक÷ब्यक्तिगत आग्रहका कारण सम्बन्धीत वडाबाट लाभग्राहीका निवेदन दर्ता नभएको जस्ता समस्याले समयमा काम नहुने बताए ।
हाल सम्म भूमि आयोगको भु–सुचना प्रणलीमा लगत प्रविष्ट भएका भूमिहिन दलित १७८, भूमिहिन सुकुम्वासी ६ सय ५६ अब्यबस्थित बसोबासी ४ हजार ९ सय २६ रहेको बताएको थियो । नमोबुद्ध नगरपालिकाको ७ सय ७४ जनाको विवरण प्राप्त भएको र ४० जनाको विवरण पुर्नपुष्टिको पहिचान र प्रमाणिकरण सकिएको वताए । त्यसै गरी पनौती नगरपालिकाको ७४ जनाको विवरण प्राप्त भएकोमा दावि बिरोधको सुचना प्रकाशित गरिसकेको, रोशी गाँउपालिकाको १ सय ५८ जनाको चिठी प्राप्त भएको विबरण प्राप्त हुन बाँकि रहेको सदस्य सचिब अशोक कुमार भुसालले जानकारी दिए । १ सय ३५ वटै वडामा सहजीकरण समिति गठन गरिसकेको र वडा बाट पालिका हुदै आयोगमा पठाउन समय तोकिने र आयोगले अन्तिम पटक आगामी असोज ३ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।








