जिल्लाको खानीखोला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार जिल्लाको १३ वटा स्थानीय तह माध्ये खानीखोला गाउँपालिका उत्कृष्ट भएको हो ।
प्रारम्भिक नतिजामा समेत उत्कृष्ट अंक प्राप्त गरेको गाउँपालिकाले मन्त्रालयको गुणस्तरीय परीक्षणपछि अन्तिम नतिजा अनुसार उत्कृष्ट नम्बर कायम राख्दै काभ्रे जिल्ला भरिकै एक उत्कृष्ट हुन सफल भएको हो । खानीखोलाले विगतका वर्षदेखि नै योजना निर्माणमा सहभागिता, विकास आयोजना कार्यान्वयनमा पारदर्शिता, संस्थागत क्षमता, सेवा वितरण, जनउत्तरदायित्व र समावेशितालाई प्राथमिकतामा राख्दै आएको कारणले गाउँपालिकाले पुनः उत्कृष्ट नतिजा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले बताए ।