बनेपा, आदर्श विद्या मन्दिर (एबीएम) स्कुल बनेपाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उर्तिण विद्यार्थीलाई विदाई गरेको छ ।
शनिबार नेपाली भाषा विज्ञ, बरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद ज्ञावालीको प्रमुख आतिथ्यता तथा प्राध्यापक भोजराज तिमल्सिनाको सभापतित्व भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल राम प्रसाद तिमल्सिनाले विद्यालयको भौतिक प्रगति, शैक्षिक प्रगति, विद्यार्थी संख्या र हालसम्म भएको उपलब्धिको बारेमा जानकारी गराउनुभएको थियो ।
प्रिन्सिपल तिमल्सिनाले कक्षा ११ मा १ सय ७२ जना भर्ना भएका छन् भने कक्षा १२ मा १ सय १८ जनामा १ सय १२ जना उत्र्तिण हुन सफल भएको बताउनु भयो । स्थापनामा ३० जना विद्यार्थीबाट कक्षा शुरु गरिएको कक्षा ११ मा अहिले ११ सय भन्दा बढीले उत्र्तिण भइसकेका तिमल्सिनाले उल्लेख गर्नुभयो । विद्यालयमा पर्याप्त खेलकुद मैदान, फुटसल ग्राउन्ड, आफ्नै भवन, विद्यालयले आई एसो प्राप्त गरी शिक्षामा गुणस्तर लगाएत विविध विधामा उत्कृष्ट रहेको छ ।
प्रमुख अतिथी प्रा.डा रामप्रसाद ज्ञवालीले समयको र परिवर्तित शिक्षामा विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले विद्यार्थीहरुले कस्तो शिक्षा चाहान्छन् त्यो अनुसार र अहिलेको परिवेससँगै सूचना प्रविधि क्षेत्रमा आएको परिवर्तनका कारण विद्यार्थीहरुमा पढ्ने वानीको विकास हराउदै गएकाले त्यस तर्फ अभिभावक र शिक्षकहरुले सोच्नु पर्ने बेला आएको उल्लेख गर्नुभयो ।








