रोटरी ई–क्लब अफ नमोबुद्धको दोस्रो पदस्थापन तथा चार्टर दिवस बिहिबार विविध कार्यक्रम सहित बनेपा सम्पन्न भएको छ ।
रोटरी इन्टरनेश्नल डिष्ट्रिक २०२६/0२७ का डिष्ट्रिक गभर्नर विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहालको विशिष्ट आतिथ्यता र अध्यक्ष गंगा लुइटेलको अध्यक्षतामा भएको कार्यक्रममा आगामी रोटरी वर्ष २०२५/२६ को अध्यक्ष शोभा नाकर्मीले पदभार ग्रहण गरेकी छन् । समारोहमा वर्ष २०२५/0२६ को बोर्ड सदस्यहरूको नाम सार्वजनिक गरिनुका साथै नवनिर्वाचित अध्यक्ष शोभा नाकर्मीलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा डीजिएनडी प्रा. डा.आइपी ढकाल, पास्ट डिस्ट्रिक गभर्नर जितेन्द्र राजभण्डारी, संजय गिरी, एनसीए दिनेशराज मानन्धर, पब्लिक इमेज कमिटी अध्यक्ष अमित गिरी, प्रायोजक क्लब अध्यक्ष चेवन देवकोटा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रताप बैद्य, असिस्टेन्ट गभर्नर २०२४/२५ भुवन सिंह कुँवर, २०२५/२६ का सितु सैंजु, बनेपा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन सचिव सजना प्रधानले गरेकी थिइन् ।









