लिन इन्टरनेशनल बोर्डिङ स्कुल बनेपा काभ्रेले यहि बैशाख २९ गतेको वुद्ध जयन्ती तथा चण्डी पूर्णिमाको अघिल्लो दिनबाट पूर्णिमाको भोलि पल्टसम्म मनाइने चण्डेश्वरी जात्राको अवसरमा शुक्रबार बनेपा र बनेपालीको आराध्यदेव चण्डेश्वरी माईको आस्था र विश्वासप्रति सम्मान ब्यक्त गर्दै आफ्ना विद्यार्थीहरूलाई उक्त जात्राको ब्यवहारीक ज्ञान सिकाउदै रथ निर्माण गराएर उक्त जात्राको विधी र मान्यता अनुरूप विद्यालयको प्राङ्गनबाट जात्राको सिम्बोल निकालको छ ।
उक्त रथ यात्रा आफ्नो विद्यालयबाट सुरू गरेर बनेपा परिक्रमा गराएको थियो । रथ यात्राको क्रममा विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका ३५० जना विद्यार्थीहरू सहभागी भएका थिए । रथ यात्राको क्रममा स्थानियहरू उत्साहित भएर आफ्ना घरका झ्याल, छत र ढोकाबाट अवलोकन गरिरहेका थिए भने कतिपय स्थानियहरू उक्त रथ यात्रा संगै यात्रा गरिरहेका पनि थिए । कतिपय स्थानियहरू भन्दै थिएकी साच्चै चण्डेश्वरी जात्राको रथ यात्रा त आजै जस्तो पो लाग्यो । आजको दिन उक्त विद्यालयले यस कार्यक्रमको अलवा विद्यालयको आफ्नो नियमित अन्य कार्यक्रम बाल क्लबको गठन, नया विद्यार्थीहरू, शिक्षक–शिक्षाकाहरूको सदन विभाजन, यस बर्ष गरिने अतिरिक्त कृयालापको ग्रयाण्ड ओपनिङ पनि गरेको थियो । कार्यक्रमा संचालक विद्यालयका भाइस प्रिन्सीपल तथा ई. सी. ए. कोअर्डीनेटर दिपक तामाङका अनुसार आज नव गठित बाल क्लबको आयोजनामा आगामी जेष्ट ६ गते विद्यालयमा नयाँ भर्ना भएका १३९ नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम रहेको जानकारी पनि गर्नु भएको थियो ।
विद्यालयले यो कार्यक्रम गराउनुको उदेश्यमा आफ्नो पालिकाको मुख्य साँस्कृतिक सम्पदाको पहिचान र अनुभूति गराउनु । र वालवालिकालाई किताबी ज्ञान मात्र नभइ धर्म, समुदाय र संस्कृति प्रति सदभावी बनाउनुको साथै साँस्कारीक बनाउनु रहेको विद्यालयका निर्देशक कृष्ण भण्डारीले बताउनु भयो ।