सामाजिक समस्या देखाउन र समाधानका लागि नाटक सहयोगी हुन सक्छ । त्यही भएर नै काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ०४, पार्थली स्थित श्री सरस्वती माध्यमिक बिद्यालयका विद्यार्थी बालबालिकाहरुले “शिक्षामा कचहरी” नाटकमार्फत गाउँघरमा मादक पदार्थ सेवन र नकरात्मक प्रभाव, पारिवारीक झगडा लगायत अन्य समाजिक समस्या हटाउने प्रयास गरिरहेको छ ।
नाटकबाट मादक पदार्थ सेवन र नकरात्मक प्रभावले समाजमा समस्या निम्त्याएको समस्या र पारिवारिक झैंझगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असर र गरिबीका कारण विद्यार्थीले भोग्नुपरेको विभेदलाई देखाउन खोजिएको छ ।
पछिल्लो समय बजारमा पाउने प्याकेटका खानेकुरा (जङ्गफुड) मा धेरैको ध्यान जान थालेको छ । चाउचाउ, कुरकुरे, बिस्कुट, चकलेट, चिजबल, हर्लिक्स, चाउमिन, मःम र विभिन्न पेयपदार्थ छिटो अनि सहजै रुपमा उपलब्ध छन् । यस्ता खानामा जिब्रोले पनि निकै स्वाद पाउने हुँदा मान्छेको चासो पनि यसैमा बढी देखिन्छ । तर, यस्ता खाने कुराले हाम्रो स्वास्थ्यलाई फाइदा नगर्ने सन्देश बालबालिकाले कचहरी नाटक मार्फत दिएका छन् ।
पछिल्लो समय नेपालमा विभिन्न रोग बढ्दै जानुमा पनि जङ्गफुड अर्थात बजारमा पाइने प्याकेटको खाने कुरालाई पनि प्रमुख कारकको रुपमा लिइन्छ । जङगफुडले स्वास्थ्यमा पार्ने असर र जङ्गफुड छुटाउने उपायबारे सरस्वती मावि बेथानचोक–४ पार्थलीका बालबालिकाले अभिभावक, विद्यार्थीसाथीहरु, क्याटिन संचालकलाई सचेत गराएका छन् ।
फ्रीडम टु लर्न, नेपालको आयोजना, फ्रीडम टो लर्न, युकेको सहयोग र बेथानचोक गाउँपालिकाको सहकार्यमा तयार गरिएको जनचेतनामूलक “शिक्षामा कचहरी” नाटक बेथानचोक गाउँपालिकाको विभिन्न सामुदायिक बिद्यालयमा प्रस्तुत भैरहेको छ । यसले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाली समाजमा भएको समस्यालाई यथार्थ चित्रण गरेर कचहरी नाटक प्रस्तुत हुँदा सबैलाई राम्रो लागेको छ । सरस्वती माविमा विगत २१ हप्ता देखी शुरु भएको कक्षा ७, ८ र ९ मा अध्यनरत २५ जना विद्यार्थीहरुले प्रत्येक विहिबार अभ्यास गरिरहेका थिए ।
फ्रिडम टु लर्न नेपालको अध्यक्ष प्रा.डा निलम शर्माको अध्यक्षतामा सो नाटकको मंञ्चन गरिएको हो । बेथानचोक गाउँपालिका, उपाध्यक्ष तारा राना तिमल्सिना, फ्रिडम टु लर्न नेपालका महासचिव राजेन्द्र फुयाल, प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण थापा, कचहरी निर्देशक सुरेश चन्दको उपस्थितीमा विद्यार्थीले कचहरीको प्रर्दशन गरे ।
गाउँपालिका उपाध्यक्ष तारा रानाले विद्यार्थीबीच समन्वय र सहकार्यहरु बालबालिकाहरु यस्तो कार्यक्रमहरुले ठुलो रुपमा परिवर्तन ल्याउन सहयोग मिल्ने बताईन । उनिले यसले बालबालिकाको सोच्ने शक्तीमा परिर्वतन ल्याउने कुरा राखिन । समाजमा विद्यालय स्तरमा यस्तो कार्यक्रमहरुले प्रभावकारी हुन सक्ने तिमल्सिनाले उल्लेख गरिन्न । महासचिव फुयालले यसले बालबालिकाको चौतर्फी विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
फ्रिडम टु लर्न नेपाल कार्यक्रम अधिकृत श्रीकृष्ण थापाले बेथानचोक गाउँपालिका भित्र रहेको तीन सामुदायिक विद्यालयहरुमा कचहरी नाटक प्रस्तुत गरिने क्रममा सरस्वती माविमा बिहीबार कार्यक्रम आयोजना भएको जानकारी गराए । कचहरी नाटक मार्फत समुदायमा कसरी सचेत दिन सकिन्छ समस्य र समधान के कसरी दिन सकिन्छ भन्ने मुख्य नाटकको सन्देश रहेको थापाले जानकारी दिए । विद्यालयस्तरमा भएका कुनै खाले समस्याहरु छन् भने विद्यालय स्तरमै समधान गर्न सक्ने हुनु पर्छ भन्ने मुख्य बिषयमा नाटक निर्देशन गरेर विद्यालयकै बालबालिका मार्फत प्रस्तुत गरिएको थापाले बताए ।
मुख्य गरी नाटक मार्फत देखिएका समस्यहरुको समधानको लागि के कस्तो भुमिकाहरु आउन सक्छ भन्ने बिषयमै केन्द्रित भएर नाटक कचहरी निर्माण भएको नाटक निर्देशक सुरेश चन्दले बताए । उनले पटक–पटक विद्यार्थीले उजागर गरेको समस्याको समाधान अभिभावक, अतिथी, संचारकर्मीसँग खोज्नु भएको थियो । समस्या समाधानमा अभिभावकले आफ्नो राय राम्रोसँग दिए । यसले अन्तरकृयात्मक मार्फत समस्या समाधानको प्रयास भएको थियो ।
कार्यक्रममा नम्बर ४ का वडाअध्यक्ष कृष्ण बहादुर तामाङ, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतले नाटकले विद्यार्थीहरुले भोग्नु परेको बास्तविक समस्या उजागार गरेका थिए । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले शिक्षामा कचहरी नाटकले विद्यार्थीको सोच्ने र हेर्ने दृष्टिकोणमा व्यापक परिर्वतन ल्याएको बताए । उनले यसले विद्यार्थीको बृद्धि विकास र सोच्ने शक्तीमा नै परिर्वतन ल्याउन सकेको बताए ।
किताब र कापीमात्रै शिक्षा नभएर कचहरी त्यसको एउटा प्रतिक भएको बताए । विशेष रुपमा विद्यालय, समाज र घरमा हुने कृयाकलापमा आधारित कचहरीले स्कूलमा विद्यार्थीसँग शिक्षकले गर्ने व्यवहार, समाजमा हुने कृयाकलाप र घरमा हुने व्यवहारलाई समेटेर सो कचहरी तयार पारिएको थियो ।








