पनौती, नेकपा एमाले पनौतीको दोस्रो नगर अधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले सुरेश हुमागाईलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सन्तोष के.सी, सचिवमा शिवराम आचार्य, उपसचिवमा शिव नारायण घुलु र महिला उपसचिवमा उमा थापा निर्वाचित भएका छन ।
पदाधिकारी बाहेक अरु सवै पदहरुमा सर्वसम्मत भएको चयन भएको थियो । लेखा समिति अध्यक्षमा विनोद घिमिरे, सचिव विनायक न्यौपाने लगायत निर्विरोध भए । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटव्यूरो सदस्य माननीय गोकुल बाँस्कोटाले गरेका थिए । उनले आन्दोलनको इतिहास बोकेको ऐतिहासिक नगरी पनौतीले आफ्नो विरासत कायम राख्नुपर्नेमा जोड दिंदै जनताको सपना पुरा गर्न म जनप्रतिनिधिको नाताले गोरु बन्न तयार रहेको बताए ।
नगर अध्यक्ष सुरेश हुमागाईको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रिय सदस्य रेशम लामा र नविना लामा, केन्द्रिय सल्लाहकार सदस्य रामहरी सुवेदी, बागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल, काभे्र जिल्ला कमिटी अध्यक्ष राजन भूर्तेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव सन्तोष केसीको सञ्चालनमा भएको उद्घाटन सत्रमा उपसचिव रामचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।








