दीपा गुरुङ समभावले लेख्नुभएको टुक्का कविता संग्रह कल्पनाका छालहरू एक भव्य कार्यक्रका बिच विमोचन गरिएको छ । दुबेकोल खोटाङमा जन्मिएर लामो समयदेखि साहित्य सृजनामा लाग्नु भएकी दीपा गुरुङको कल्पनाका छालहरूमा बिभिन्न ३४ वटा, छन्द ३६३, स्वच्छन्दमा १४४ टुुक्काहरु गरी ५४६ कविताहरु समावेश छन ।

कृतिकार दीपा गुरुङ र प्रकाशक रामचन्द्र दाहाल रहेको कविता संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईको प्रमुख आतिथ्यतामा विमोचन गरिएको हो । समारोहमा साहित्यकार ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का कविताका ७ (सात) कृति एकसाथ विमोचन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका का.वा.अध्यक्ष वसन्त अनुभवले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव चूडा निर्भीकले गर्नुभएको थियो । त्यसैगरि स्वागत मन्तव्य संस्थाको सचिव जमुना आचार्यले राख्नु भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राईले समयको कालखण्डमा कविताले विभिन्न रूप लिँदै जानेछ भन्दै कविताको लघुत्तम विधा टुक्का कविता छोटो समयमा नै चर्चित हुनुको साथै टुक्का कविता जनजिब्रोमा छाइसकेको बताउनु भयो ।

उक्त कार्यक्रममा आवाजका रेखाहरू–ताराप्रसाद चापागाईँ, पत्थर–बाबुराम पाण्डे, कल्पनाका छालहरू– दीपा गुरुङ समभाव, मौन तरङ्ग–वेदु न्यौपाने, बह–पुष्पा राई, छन्द व्यञ्जना–चूडा निर्भीक र टुक्का छन्दहार ४१ श्रष्टाको एकसाथ विमोचन गरिएको थियो । साथै टुक्का साहित्य समाजले टुक्का कविता विधामा महत्वपूर्ण योगदान पुर्याउने २९ स्रष्टा तथा संस्थालाई विभिन्न सम्मान पत्र समर्पण गरेको थियो ।