महाकाली माध्यमिक विद्यालय मण्डनदेउपुर–४, नयागाउँ बाट २०६२ सालमा एसएलसी उत्रिर्ण हुने साथिभाई मिलेर अहिले महाकाली मा.वि.मा अध्यनरत कक्षा प्लेग्रुप देखी कक्षा १२ सम्मका४४५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
सबैले आफुले सकेको सहयोग जम्मा गर्दै जाडोको समयमा न्यानो कपडा र विद्यालय पोशाक सँग मिल्दो स्वेटर वितरण कार्य बिहिबार सम्पन्न गरिएको सो समुहका दामोदर बजगाईले जानकारी दिए । पोशाक वितरण कार्यक्रममा प्रमुख अतिथि मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइवा, वडा अध्यक्ष मैतेसिं तामाङ, विव्यस अध्यक्ष राजन पराजुली, विव्यस सदस्यहरु, पिटिएका पदाधिकारी, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक लगायत सम्पूर्ण महाकाली माविका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।