तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

तीजको अवसरमा महिला दिदि बहिनीहरु आफ्नो माईती घरमा वा आफ्नो घरमा सबै परिवार र महिला हरु मिलेर तीजको गीतमा रातो साडी र अन्य आकर्षित पहिरन लगाएर नाचगान गर्न पर्ने चार्डमा पछिल्ला समयमा नेपाल र नेपालीहरुको चाडपर्व मनाउने तरिका भने अलि परिवर्तित भएको देखिन्छ यसमा बिदेशी पहिरन र बिदेशी रहन सहनको ब्यापार तथा बिकृतिले नेपालमा नकारात्मक कुराहरु को बढि प्रयोग गरेर चाडपर्व मनाउने गरिन्छ । नेपाली महिलाहरूको विशेष चाडको रुपमा लिईने तिजको पछिल्लो समयका गीत संगीतहरु पनि त्यस्तै खालको आउने गरेको र यस्तो नकारात्मक शब्द तथा संगित रहेको गीतले नेपाली समाजमा नकारात्मक कुराहरु फैलिएको देखिन्छ ।

गीत संगीतकै कुरा गर्ने हो भने पछिल्लो तीज गीतहरू आफ्नो सबै परिवारहरूसँग बसेर सुन्दै रमाइलो गर्ने र नेपाली संस्कृति झल्कने खालको देखिँदैन । यसले गर्दा नेपाली गीत संगीतबाट नेपालीपन र नेपाली संस्कृतिको संस्कृतिको नकारात्मक प्रचारप्रसार र लोप हुँदै जाने देखिन्छ । भाईरल हुने र भाईरल गराउने परिपाटीले नेपाली गीत संगीत क्षेत्रमा धेरै बिकृति र विसङ्गति भित्रिएको छ । नेपाली संस्कृति नास हुँदै गएको छ यसले गर्दा अब आउने नयां पुस्त का कलाकारहरुले के सिक्ने र कस्तो सन्देश दिन्छ भन्ने कुरा को ख्याल गरेको देखिदैन–यो कलाकार ले ध्यान दिन पर्ने कुरा हो । गीत संगीत को नाम मा धेरै संघसंस्था हरु खुले पनि यस्तो नकारात्मक शब्द प्रयोग गरि निर्माण भएको गीत तथा म्युजिक भिडियो लाई संघसंस्थाले निलम्बन गरि कारवाही गर्ने हो भने यस्तो प्रकारको गीत संगीत बजार मा सार्वजनिक हुने थिएन । हुन त यस्तो गर्ने कुनै संघसंस्था र सरकारी निकायबाट कुनै पनि नितिनियम नभएर नै कलाकार हरुले आफ्नो मन लाग्दी गरेर गीत संगीत बजारमा सार्वजनिक गरेको देखिन्छ । यस्ता नकारात्मक कुराहरु समेटेर निर्माण गरिएका गीत संगीत लाई सबैले नकार्ने हो भने केहि निर्मुल हुन सक्छ । – लेखक गायिका हुन ।