हास्य ब्यङ्ग गाईजात्राको ईतिहास
गाईजात्रा दुख बिर्साउन शुरु भएको सब भन्दा ठूलो र पुरानो जात्रा। भाद्रकृष्ण प्रतिपदामा बिगत बर्ष भरी दिबङ्गत भएकाको सम्झनामा दुख बिर्साउन रमाइलो गरेर मनाउने यो जात्रा हास्य ब्यङ्ग कलाकारको सबै भन्दा ठुलो पर्व हो ।
राजा प्रताप मल्लले आफ्नो छोराको निधन भपछि सोकमा डुबेकि रानीलाई खुशि पार्न अनेक जुक्ती अपनाए केही सीप नलागे पछि जसको घरमा मान्छे बितेका छन उनिहरुले रङ्गीचङ्गी कपडा लगाई गाई समेत लिएर जात्रामा निस्कने आदेश दिए त्यस बेला देखि गाईजात्रा मनाउन थालिएको हो । प्रताप मल्लको पालामा पाटनको डबलीमा देखाइने कात्तिके नाच पनि निकै प्रसिद्ध छ ।
राजा प्रताप मल्लको समय देखि चलि आएको गाइजात्रालाइ हास्यब्यङ्ग्यको रमाइलो गर्ने चाडका रुपमा मनाउन थालियो राजा बीरेन्द्रका समयमा बि स २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिस्ठानमा बर्सेनि एक हप्ता गाइजात्रा महोत्सबका रुपमा प्रारम्भ हुन थाल्यो यो कार्यक्रम अघि हास्यब्यङ्ग्यकार रामकुमार पाणेका कलियुग पत्रिका र उनका लेखन प्रकाशनले दरबारमा प्रभाव पारेको र सार्वजनिक रुपमा ल्याउन त्यस बखतको उनका गुरु दरबारका सचिबले राजाको स्वीकृतिमा प्रज्ञा प्रतिष्ठानलाई सँस्थागत बिकास गर्न लगाएको कुरा त्यस बेलाका प्रज्ञाका सचिव सत्य मोहन जोशिले बेलाबखत आफ्नो प्रवचनमा उल्लेख गर्नु भएको छ। बि स २०४६ सालमा बहुदलले बन्द गरे पछि बरिष्ठ हाँस्यब्यङ्गकार राम कुमार पाणेले हास्यब्यङ्ग्य समाज नेपाल हासने गठन गरे र हास्यब्यङ्ग्य महोत्सबलाइ निरन्तरता दिए।
राजा महेन्द्रको समयमा पनि नाचघरमा रसरङ्ग कार्यक्रम सन्चालन भएको थियो त्यति बेलाका हास्य ब्यङ्ग कलाकार मास्टर केशव, राजपाल थापा, धुर्ब हाडाको हास्य मन्चन अद्भूत थियो।
त्यस्तै गोपालराज मैनाली, लक्ष्मण लोहनी प्रभावशाली कलाकार थिए। भीमबहादुर थापा,रामशेखर,बसुन्धरा भुषाल,पछि गाइजात्रा महोत्सब सङ्गै मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्य देखा परे मदनकृष्ण र हरिबँश जोडि भएर मह बनेपछि मह हाँस्यब्यङ्ग महोत्सबू हास्य ब्यङ्ग गाईजात्रालाई निकै लोकप्रिय बनाए । रमेश केसी, राजाराम पौडेल, किरण केसि सन्तोश पन्त आनन्द थापाले हास्यब्यङ्ग्य महोत्सबलाईनै अघि बढाए त्यसपछि शैलेन्द्र सिम्खडा, शम्भु दाहाल शिवहरी पौडेल, खेम शर्मा, साम्दे शेर्पा , डम्बर घिमिरे ,मनोज गजुरेल दिपकराज गिरि दिपा श्री निरौला, कमल मैनाली जितु नेपाल,दमन रुपाखेती, कमल गाउँले, सुरेन्द्र के सी, पल्पसा डँगोल, गोपाल नेपाल फिस्टे, शिव शँकर रिजाल, रबी डँगोल, राजन थापा, पुर्ण थापा, केदार घिमिरे माग्ने बुढ
ा, सिताराम कट्टेलू धुर्मुसू बिष्णु सापकोटा हर्के हल्दार आदिले हास्यब्यङ्ग्यको मन्च जमाए । अहिले रियालिटि शो हरुले हास्य ब्यङ्ग क्षेत्रमा नयाँ पुस्ताका थुप्रै स्ट्याण्डप कमेडियनहरु जन्माएका छन्

हलमा हुने हाँस्यब्यङ्ग गाईजात्रा

गाईजात्राको अवसरमा हलमा दुई समुहले छुट्टा छुट्टै हास्य ब्यङ्ग गाइजात्रा गर्ने गरेका छन् यसपालीको प्रज्ञा प्रतिष्ठानमा हुने गाईजात्राको समुहमा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, सुबोध गौतम, प्रभात लामा, सीता न्यौपाने , मेक्सम गौडेल, चक्र दवाडी, सजन श्रेष्ठ लगायत छन् भने नाचघरमा हुने गाईजात्रा को अर्को समुहमा धुर्मुस सुन्तली, शिव शँकर रिजाल,९ जोगिन्दर० सुरेन्द्र के सी मुलाको साग, पल्पसा डँगोल ूचम्सुरीू लक्ष्मण गाम्नाङे, राजा राजेन्द्र, हिमेश पन्त, खबपु , सन्तोष खनाल, सुयसा खनाल, लगायतका कलाकारको प्रस्तुति रहेको छ । नियमित रुपमा हास्य ब्यङ्ग गाईजात्रा गर्दै आएका एउटा समुहका नेतृत्वकर्ता दमन रुपाखेती भने यसपालीको गाईजात्रे प्रस्तुतिमा छैनन् त्यसै गरि नियमित गाईजात्रा गर्ने प्रभाकर देब शर्मा, रबि डँगोल, पुर्ण थापा, बिष्णु सापकोटाू हर्के हल्दारू किशोर भण्डारी, पनि यसपालीको गाईजात्रे कार्यक्रममा छैनन् ।
यसपाली डिजिटल गाईजात्रा मार्फत यु ट्युबमा शिव सँकर रिजाल जोगिन्दर ले ूठगठाग कम्पनीू दमन रुपाखेतीकोू पत्तासाफू शैलेन्द्र सिम्खडाको यसपालीको सिकारूकमल गाउँले को ूभिषण ८४ू प्रभाकरदेव शर्मा को ूजा जा आ बाू गोपाल ढकाल छन्दे को ू गठबन्धनका राजाहरुूजसमा ूनक्कली के पी वलीू सुरेश तिमल्सिनाले साथ दिएका छन् भने उत्तम कोदेको ूबसिबियालोू युबराज भण्डारी को ू घुडैसिति २०८१ू लगायत गाईजात्रा बजारमा आएका छन्१
नियमित रुपमा २०६८ सालदेखि दमन रुपाखेती समुहको गाईजात्रा कार्यक्रममा प्रचण्डको अभिनय गर्दै आएको म पोहोर साउन देखि पेटको ठुलो आन्द्राको क्यान्सर भएपछि उपचार गरिरहेको छु पोहोर साल पनि गाईजात्रामा उपचारमै थिए भने यसपालीको गाईजात्रामा पनि म अस्पतालको बेडमै हुने छु, गाईजात्रा हास्य कलाकारको ठुलो पर्व हो यस्तो पर्बमा नियमित सकृय भएर दर्शकहरुलाई हँसाउँदै आएको थिएँ तर अहिले अस्पतालको बेड मा हुँदा सारै दुख लाग्दो रहे छ । जिन्दगी जस्तो परे पनि त्यसको सामना गर्नै पर्दो रहेछ तर हिम्मत हारेको छैन यो क्यान्सर सँगको लडाईमा पक्कै मेरो जित हुने छ१ र फेरि दर्शक हँसाउन म स्टेजमा उक्लने छु१ सम्पुर्ण शुभचिन्तक तथा दर्शकहरुको माया र शुभेच्छाले मेरो मनोबल डगमगाएको छैन अर्को गाईजात्रामा हँसाउने सामग्री लिएर आउने बाचा गर्दै यसपालीको हाँस्यब्यङ्ग गाईजात्रा गर्ने दुई टोलीलाई सफलताको शुभकामना ब्यक्त गर्दछु । जय हाँस्यब्यङ्ग । जय गाईजात्रा ।। gautamghana11@gmail.com